• २०७७ कार्तिक १३ गते बिहिवार

दाङमा डेढ लाख बढी रकम सहित ९ जुवाडे पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन ३० गते शुक्रवार


दाङ, दाङमा प्रहरीले ९ जुवाडे र होटल संचालिका सहित १० जनालाई डेढ बढि नगद सहित पक्राउ गरेको छ । शुक्रवार दिउँसो साढे ४ बजेतिर दाङको घोराही उपमहानगरपालिका १४ लखन पार्क नजिकै रहेको रोल्पाली सृष्टि खाजा घरमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले १ लाख ७१ हजार ५८० नगद सहित १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेहरुमा होटल संचालिका रोल्पा रुन्टीगढी गाउँपालिका ६ निगालपानी घर भई हाल घोराही बस्दै आएकी ३८ बर्षीय छवि पुन, सोही ठाउँका ५३ बर्षीय दुर्गा पुन, सोहि गाउँपालिका ७ डुब्रिङबस्ने ३९ बर्षीय रेशम रोका, ३२ बर्षीय सोमराज बस्नेत, ४९ बर्षीय धनबहादुर घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी सुमित खड्काले बताए ।

यस्तै घोराही उपमहानगरपालिका १५ रतनपुर बस्ने ३५ बर्षीय पदम बहादुर बुढा, घोराही १३ कमलघारी बस्ने ३९ बर्षीय दुर्गालाल रोका, घोराही १८ मसिना बस्ने ४३ बर्षीय फाले घर्ती, घोराही १४ पुरानो बसपार्क बस्ने ५२ बर्षीय गनबहादुर घर्ती, घोराही १५ रतनपुर बस्ने ३५ बर्षीय जनक पुन रहेका छन् । पक्राउ परेकाहरु माथी थप अनुसन्धान भईरहेको प्रबक्ता खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार