• २०७७ मङ्सिर ११ गते बिहिवार

प्रधानमन्त्री ओली डिस्चार्ज

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन ३० गते शुक्रवार

काठमाडौं, ३० फागुन , गत बुधबार दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रधानमन्त्री ओली पूर्णस्वास्थ्य लाभ भएपछि शुक्रबार साँझ डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

ओलीलाई मृगौला दिने समीक्षा संग्रौला यस अघि नै डिस्चार्ज भएकि हुन् । । प्रधानमन्त्री ओली फागुन १९ गते अस्पताल भर्ना भएका थिए । उनको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । यसअघि उनको २०६३ सालमा भारतको अपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण भएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार