• २०७७ फाल्गुन २० गते बिहिवार

लमजुङमा ढुंगाले खसेर लाग्दा तुलसीपुरका इञ्जिनियर बस्यालको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन २९ गते बिहिवार


तुलसीपुर , लमजुङमा ढुंगा खसेर लाग्दा दाङ तुलसीपुर निवासी एक युवाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका ६ स्याउली बजार निवासी निरञ्जन बस्यालको लमजुङमा माथिबाट झरेको ढुंगाले लागेर मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

इञ्जिनियर बस्यालको लमजुङस्थित सुपर दोर्जे हाईड्रो पावरको सुरुङ निर्माणका लागि खटिएको समयमा माथिवाट झरेको ढुंगाले लागेर बुधवार राति निधन भएको लंमजुङ पुगेका आफन्ती संगित बस्यालले बताए ।

पोष्ट मार्टम गर्न लमजुङको बेसीशहर स्थित सामुदायिक अस्पतालमा विहीवार दिउँसो लगिएको र राती नै तुलसीपुर ल्याइने उनले बताए ।

बस्यालको अन्तिम दाहसंस्कार शुक्रवार विहान तुलसीपुरको सितलपुरस्थित बबई घाटमा गर्ने पारिवारिक स्रोतले जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार