• २०७७ कार्तिक ६ गते बिहिवार

भित्ता फोडेर हार्डवयर पसलमा चोरी

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन २८ गते बुधवार



घोराही ,२८ फागुन । दाङको घोराहीमा मंगलवार राती एक हार्डवयर पसलमा चोरी भएको छ । घोराही उपमहानगरपालिका १५ मा रहेको नब बिहानी टोल स्थित दंगाली हार्डवयरमा चोरी भएको हो । अशोक कुमार चौधरी र जिवन श्रेष्ठले संयुक्त रुपमा सञ्चालन गर्दै आएको पसलको भित्ता फोडी चोरी गरेको पिडितहरुले बताएका छन् । चोरले सिमेन्ट जडान गरिएको भित्ता फोडेर पसलमा रहेको ७० हजार नगद र एक थान ल्यापटप लगेको पिडित अशोक कुमार चौधरीेले बताए । घटनाका वारेमा प्रहरीलाई जानकारी गराएको र प्रहरीले अनुशन्धान थालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार