• २०७७ फाल्गुन २१ गते शुक्रवार

टिपरको ठक्करबाट कोहलपुरमा एक महिलाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन २८ गते बुधवार

कोहलपुर , बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीचोक नजिकै टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय झण्डहवागाउँदेखि कोहलपुर–नेपालगञ्ज सडकतर्फ आइरहेको रा१ख २१८८ नम्बरको टिपरले बिहान करीब ११ः३० बजे ठक्कर दिँदा साइकलमा सवार कोहलपुर ९ की करिब ४५ वर्षीया रामपति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

उनका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते थारूलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पु¥याउँदा मृत्यु भइसकेको थियो । ठक्कर दिने चालक र टिपरलाई र्इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । दुर्घटनाको विरोधमा स्थानीयवासीले घटनास्थलमा सडक अवरुद्ध गरेका कारण कोहलपुर–नेपालगञ्ज सडकखण्डमा सवारी आवागमन बन्द छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार