• २०७७ कार्तिक ६ गते बिहिवार

दाङमा होलीमा उच्छृङ्खल गतिविधि गर्ने २२ जना पक्राउ, १०२ सवारीसाधन कारबाही

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन २८ गते बुधवार


दाङ, दाङमा होली पर्वको अवसरमा मंगलवार ट्राफिक निमय विपरित सवारी चलाउने १०२ वटा सवारी कारबाहीमा परेका छन् । मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने २६ जना र ३ जना अटो चालक कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । त्यसैगरी अन्य ट्राफिक नियम विपरित चलाउने ७३ वटा मोटरसाइकललाई कारबाही गरेको जिल्ला ट्राफिक कार्यालय दाङका सुचना एवं प्रहरी नायव निरिक्षक उत्तम कुमार जिसीले बताए ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय दाङले होली पर्वको अवसरमा नियम विपरित कार्य गर्ने २२ जनालाई दाङ प्रहरीले नियन्त्रणमा लिएर आबश्यक कारवाही गरेको जनाएको छ । होली पर्वलाई मर्या्दित र शान्तीपुर्ण रुपमा मनाउनका लागी दाङ प्रहरीले चेकजाँचलाई कडाई गरेको थियो ।

सो क्रममा जिल्ला मातहतमा रहेका खटिएको प्रहरी युनिटले विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता एवं डिएसपी सुमित खड्काले बताए । त्यसैगरी तुलसीपुरमा मात्र मादक पदार्थ सेवन गरी र ट्राफिक नियम विपरित चलाएका ४१ वटा मोटरसाइकल र अटोरिक्सालाई कारबाही गरेको ट्राफिक कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार