• २०७७ कार्तिक १५ गते शनिवार

बनमा डढेलो रोक्न दाङमा शुन्य महाअभियान शुरु

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन २७ गते मङ्गलवार

दाङ, २७ फागुन बन डढेलोले बन सम्पदा बर्षेनी नाश हुन थाले पछि दाङमा यो बर्षदेखि शुन्य वन डढेलो महाअभियान शुरु गरिएको छ । डिभिजन वन कार्यालय दाङले गर्मीयाममा समस्याका रुपमा रहेको वन डढेलोलाई शन्य बनाउनका लागि नयाँ र महत्वाकाँक्षी अभियान शुरु गरेको छ ।

शुन्य वन डढेलो महाअभियानको पहिलो चरणमा डिभिजन वन कार्यालय दाङ मातहतका आठ वटा सव डिभिजन वन कार्यालयलाई तीन जोखिम क्षेत्रमा बिभाजन गरीएका छ । ती क्षेत्रमा पर्ने सवै वन समूहलाई वन डढेलोको संवेदनसीलताका आधारमा जोखिम क्षेत्र पहिचान गरी वन डढेलो जोखिम नक्शा तयार गरिएको छ ।


जोखिमलाई उच्च, मध्यम र सामान्य गरी तीन भागमा बर्गिकरण गरिएको छ । जस अन्र्तगत उच्च जोखिममा ८३ वटा वन समूह परेका छन । त्यस्तै, मध्यम खालको जोखिममा ४६ र सामान्य जोखि क्षेत्रमा ४४ वटा वन समूहको रहेको डिभिजन वन कार्यालय दाङका कार्यालय प्रमुख डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिए । ती वन समूहहरु मध्ये ९२ वटा वन समूह वन डढेलो नियन्त्रणका लागि सक्रिय रहेका र ८१ वटा वन समूहहरु भने वन डढेलो नियन्त्रणका लागि निष्कृय देखिएको अध्ययनले देखाएको छ ।

बबर्इ गाउँपालिका र घोराही उपमहानगरपालिका अन्र्तगत रहेका अधिकांश सामुदायिक वनहरु र केहि राष्ट्रिय वनको क्षेत्र बन डढेलोको उच्च जोखिममा रहेको कार्यालयले जनाएको छ । बंगलाचुली र दंगीशरणका गाउँपालिका अन्र्तगतका वन क्षेत्र मध्यम जोखिममा तुल्सीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको नारायणपुर र हापुर क्षेत्र वन डढेलोको न्यून जोखिममा रहेका छन । महाअभियानको शुरुवाती चरणमा डिभिजन वन कार्यालय अन्र्तगतका कमिरेचौर, सुनपुर र अम्विकेश्वरी सव डिभिजन वन कार्यालयको डिभिजन वन कार्यालय घोराहीमा, नाराणपुर, बिजौरी र तुल्सीपुर सव डिभिजन वन कार्यालयको बिजौरीमा र दंगीशरण र पुरन्धारा सव डिभिजन वन कार्यालयको हापुर पुरन्धारामा वन डढेलो जोखिम पहिचान तथा नक्शांकन अन्तरक्रिया गोष्ठी सम्पन्न गरेको छ ।

दाङमा तीन स्थानमा सम्पन्न अन्तक्रिया गोष्ठीबाट प्राप्त नतिजालाई डिभिजन स्तरमा गरिएको बिष्लेषण गरी वन डढेलो नियन्त्रण रणनिति तय गर्न डिभिजन स्तरको अन्तक्रिया गोष्ठीले डढेलोको मुख्य कारण र समाधानको उपाय समेत पहिचान गरेको छ । पछिल्लो सात बर्षमा दाङका बिभिन्न ४ सय ६३ स्थानमा लागेको वन डढेलोका कारण ४२ हजार ६ सय १९ हेक्टर वन क्षेत्र प्रभावित भएको कार्यालयले जनाएको छ । जसबाट एक जनाको ज्यान गएको छ ।

९ घर जलेर नष्ट भएका छन । वन क्षेत्रमा घाटगद्धी गरी राखिएको ५ सय ३४ क्यू फिट जलेर नष्ट भएको छ भने हजारौ बहुमूल्य वनस्पति नष्ट भएका छन । वन डढेलोका कारण वन्यजन्तुको बासस्थान नाश भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार