कोरोनाबाट हतास नभई सचेत रहन तुलसीपुर नगरप्रमखु पाण्डेको आग्रह

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन २६ गते सोमवार

तुलसीपुर, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख मेयर घनश्याम पाण्डेले कोरोनाबाट हतास नभई सचेत रहन र व्यक्तिगत सरसफाईमा ध्यान दिन आग्रह गरेका छन्। सोमबार उपमहानगरपालिको जनस्वास्थ्य प्रवर्धन शाखाले आयोजनामा स्वास्थ्यकर्मी र सरोकारवालाहरुसंग गरेको रोगको ब अभीमुखिकरण कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले तुलसीपुरमा कोरोनाको महामारी फैलियमा छुट्टै स्थानको पहल गरी विरामीको व्यवस्थापन गर्न सकिने बताए ।

त्यसैगरी उनले यस रोगलाई सबै मिली सहकार्य तथा समन्वयबाट व्यवस्थापनमा जोड दिन आवश्यक रहेको समेत बताए । उनले यस समयमा सबैले आ आफनो तर्फवाट पहल गर्न , वडा ,विद्यालय , समुदायमा यस रोगका बारेमा सचेत गराउन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । साथै उनले त्यसका लागि आवश्यक पर्ने सामग्री तथा वजेटको व्यवस्था गरिने गर्न समेत बताए । उक्त कार्यक्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका प्रमुख मेडिकल सुपरिडेन्टन डाक्टर प्रताप पोखरेलले कोरोना भाइरसवाट संकमित तथा संकास्पद विरामीलाई राख्न अस्पतालमा ३ वटा आईसोलेसन वेडको व्यवस्था गरिसकेको बताए ।

त्यसैगरी उनल अन्य आवश्यक उपकरण तथा सामग्रीहरुको लागि पहल गर्न आग्रह गरेका छन् ।त्यसैगरी जनस्वास्थ्य पर्बधन शाखा प्रमुख ओम प्रकाश न्यैपानेले कोरोना भाइरसवाट संक्रमित विरामीहरुको परिक्षणका लागि तुलसीपुरका २ स्थान फुलवारीको दमारगाउमा र एयरपोर्टमा हेल्थ डेस्क स्थापना गरिने बताए ।

त्यसैगरी उनले शंकास्पद विरामीलाई अस्पतालमा पठाईने, सवै स्वास्थ्य संस्थामा मास्क र सेनिटाईजरको व्यवस्था गरिने र सचेतनामुलक व्यानरहरु शहरका भिडभाड हुने ठाउँमा राखिने समेत बताए । उनले यस रोगको व्यवस्थापनका लागि समुदाय स्तरसम्म आरआरटि टिम गठन गरिने समेत बताए ।

त्यसैगरी तुलसीपुरमा रहेको राप्ती लाईफ केयर हस्पिटलले पनि आईसोलेसन वेडको व्यवस्थाको तयारी गरेको हस्पिटलका प्रबन्धक जीवन भण्डारीले जानकारी गराएका थिए । कार्यक्रममा शाखाका जन स्वास्थ्य निरिक्षक विमल केसीले कोरोना नोभेल भाइरस रोगको परिचय ,हालको अवस्था ,लक्षण रोकथामका उपाय तथा स्वास्थ्यकर्मीहरुको र सरोकारवालाहरुको जिम्मेवारी सम्वन्धि विषयमा प्रस्तुतिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार