• २०७७ मङ्सिर ९ गते मङ्गलवार

कार्यवाहक नगरप्रमुख ६ दिन पछि डाँगीले खोले वडामा लागेको ताला

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन २३ गते शुक्रवार


तुलसीपुर । वडा स्थानान्तरणको विषयलाई लिएर तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ मा स्थानीयले लगायको ताला खोलिएको छ । आइतवारदेखि लागेको ताला आन्दोलनरत पक्ष र उपमहानगरपालिका विच सहमति भएपछि खुलेको हो ।

कार्यवाहक नगरप्रमुख सुर्यवहादुर डाँगीले ताला खोलेको हुन् । उनले सबै वडाबासीलाई पायक पर्ने गरी वडा कार्यालय कहाँ राख्ने भन्ने वारेमा अध्ययन गरिने पनि वताए । ‘हामीले कार्यदल वनाएका छौं यसले सबै कुराको अध्ययन गरेर नगरसभामा प्रतिवेदन पेश गर्नेछ’ डाँगीले भने । वडा कार्यालय सार्ने कुरा नगर सभाको दुइतिहाई वहुमतले मात्रै निर्णय गर्न सक्ने भन्दै उनले कानुनी प्रक्रिया पुरा गरेर मात्रै सम्भव हुने वताए । ‘वडाले एकलौटी निर्णय गरेर मात्रै यो सम्भव हुँदैन’ डाँगीले भने ।
यसैविच ताला खोल्नु अगाडि उपमहानगरपालिकामा वडावासीसँग छलफल समेत गरिएको थियो । छलफलमा दुवै तर्फका वडावासीहरुको सहभागिता रहेको थियो । छलफलले २ वुँदे सहमति गरेपछि ताला खोल्ने प्रक्रिया अगाडि वढेको हो । वडा नम्वर ४ को केन्द्र स्थानान्तरणका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ वमोजिम प्रक्रिया अगाडि वढाउनका लागि राय र सुझाव संकलन गर्न परामर्श समिति वनाउने सहमति भएको छ ।

आगामी असार १५ गते नगरसभामा पेश गर्नका लागि सुशासन समिति संयोजक सुर्यवहादुर डाँगीको संयोजकत्वमा वडा नम्वर ४ का क्रियाशिल सबै राजनीतिक दलका प्रतिनिधि, ढुण्डिराज खनाल र गणेश गिरी सदस्य रहने गरी कार्यदल गठन गरिने भएको छ । जसको सदस्य सचिवमा वडा सचिव लोकमणी पोख्रेल रहेका छन् । त्यसैगरी कार्यदलको प्रतिवेदन प्राप्त नहुँदासम्म विभिन्न समितिले वडा स्थानान्तरणका सन्दर्भमा पेश गरेका निवेदनमाथि कुनै कारवाही प्रक्रिया अगाडि नवढाउने सहमति भएको छ ।


ताला खुलेपछि वडाध्यक्ष वालकृष्ण रानाले जनतालाई मान्य हुनेगरी वडा स्थानान्तरणको प्रक्रिया अगाडि वढाउने प्रतिक्रिया दिएका छन् । उनले कार्यदललाई जनप्रतिनिधिको हिसावले सघाउने समेत प्रतिवद्धता जनाएका छन् । वडा समितिले सवैलाई पायक पर्ने भन्दै वडा वनहरीमा वडा कार्यालय सार्ने निर्णय गरेपछि हाल वडा कार्यालय रहेको गणेशपुर र मजुवाका जनताले तालावन्दी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार