कोरोना भाइरस विरुद्ध जिल्लामा उच्च सतर्कता

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन २३ गते शुक्रवार


शरद रेग्मी
तुलसीपुर, २३ फागुन , जिल्लामा हुने सभा, सम्मेलनमा रोक लगाउने निर्णयसंगै स्थानिय प्रशासनले सबैलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।
बिश्व स्वास्थ्य सगठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको प्रतिबेदन सार्बजनिक गरे सगै नेपाल सरकारले उच्च सतर्कता अपनाउन सबै तह र तप्कालाई परिचालन गरेको हो ।

यता जिल्ला प्रसासन कार्यालय दागले जिल्लामा हुने ठुला सभा सम्मेलन र भेला जुलुस नगर्न सार्बजनिक रुपमा अपिल गरेको छ । प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले सार्बजनिक सुचना जारी गरी जिल्लाबाससीहरुमा अपिल गरेका छन् ।

साथै उनलेले बजारमा औषधी र अति आबश्यक बस्तु भाउमा कालो बजारी श्रृजना गर्ने ब्यबसायीलाई तत्काल कार्बाहि गर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार