• २०७७ कार्तिक १५ गते शनिवार

तुलसीपुर चेम्बर अफ कमर्सद्धारा मृगौंला पिडित नेपालीलाई १० हजार आर्थिक सहयोग

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन २२ गते बिहिवार


तुलसीपुर, तुलसीपुर चेम्बर अफ कमर्सले मृगौंला पिडितलाई घरमै पुगेर आर्थिक सहयोग गरेको छ । सल्यान घरभई हाल दाङको तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा बस्ने २२ बर्षका राजेश नेपालीलाई १० हजार आर्थिक सहयोग गरेको चेम्बरका सचिव ऋषी भण्डारीले बताए ।

आर्थिक सहयोग हस्तान्तरण गर्दै तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले घरमै आएर थोरै रकम भएपनि सहयोग गर्न पाउँदा आफुलाई धेरै खुशी लागेको बताए । कलिलो उमेर मृगौलाबाट पिडितको अवस्था देखेर साह्रै दुखित भएको बताउदै उनले अन्य सहयोगी मनहरुलाई पनि सहयोग गरेर नेपालीको जीवन बचाई दिन आग्रह गरे ।

चेम्बर अफ कमर्सका सदस्य युवराज नेपालीको सहयोगमा आर्थिक रकमा संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार