• २०७७ कार्तिक ११ गते मङ्गलवार

राष्ट्रिय सभाका १८ नयाँ सांसदले लिए पद तथा गोपनीयताको शपथ

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन २१ गते बुधवार

काठमाडौं, २१ फागुन । राष्ट्रिय सभाका १८ जना सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार १८ जना निर्वाचित र एकजना राष्ट्रपतिबाट मनोनित गरी दुई वर्षे कार्यकाल पूरा गरेर १९ जना सांसद राष्ट्रिय सभाबाट बाहिरिएको एकदिनपछि बुधबार १८ जना सांसदले शपथ ग्रहण गरेका हुन् ।

बुधबार शपथ लिएका सांसदको कार्यकाल ६ वर्षको हुनेछ । गत माघ ९ गते निर्वाचित भएका १८ सांसदले शपथ लिएका हुन् । राष्ट्रपतिबाट मनोनीत हुने एक जनाको भने टुंगो लागेको छैन । राष्ट्रपतिबाट मनोनीत डाक्टर युवराज खतिवडाको दुई वर्षे कार्यकाल मंगलबार सकिएको थियो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुधबार राष्ट्रियसभाका १८ सदस्यलाई सपथ ग्रहण गराए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका १६ र राष्ट्रिय जनता पार्टी नेपाल राजपाका २ सदस्यले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार