• २०७७ कार्तिक ६ गते बिहिवार

चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिइसक्न विद्यालयलाई निर्देशन

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन २० गते मङ्गलवार

काठमाडौं, २० फागुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिइसक्न विद्यालयलाई निर्देशन दिएको छ । शिक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंगलबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर उक्त निर्देशन दिएका छन् ।

शिक्षा मन्त्रालयले कोरोना भाइरस विरुद्ध सतर्कता अपनाउन आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिइसक्न विद्यालयलाई निर्देशन दिएको हो । विद्यालय शिक्षा परीक्षा (एसईई) आगामी चैत ६ गतेबाट १५ गतेसम्म हुने निर्धारित तालिका रहेको छ ।

एसईई परीक्षा केन्द्रीय सरकार मातहत सञ्चालन हुने गरेको छ । त्यसैगरी स्थानीय सरकार मातहतमा कक्षा ५ र ८ को जिल्लास्तरीय परीक्षा संचालन हुने गर्दछ । उक्त परीक्षामा पालिकाले निर्माण गरेको प्रश्नपत्रको आधारमा लिइन्छ ।

त्यस निम्ति परीक्षा केन्द्र निर्धारण नगरी आ–आफ्नो विद्यालयमा लिने व्यवस्था गर्नसमेत शिक्षा मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न पनि आग्रह गरेको छ

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार