• २०७७ कार्तिक १३ गते बिहिवार

अमिलियामा स्व. खड्काको शालिक राखिने, पूर्ब गृहमन्त्री द्धारा शिलन्यास

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन १९ गते सोमवार

फागुन १९ , अमिलिया दाङ । लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा नेपाली काँग्रेसका नेता तथा पुर्ब गृहमन्त्री स्वर्गीय खुम बहादुर खड्काको शालिक राखिने भएको छ । सोमबार काँग्रेसका महामन्त्री तथा पूर्ब गृहमन्त्री पुर्ण बहादुर खड्काले शालिक निर्माणका लागि शिलन्यास गरेका हुन् ।
पुर्ब पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत लमही नगरपालिका वडा नम्बर ९ अमिलिया बजारको चौकमा शिलन्यास गरिएको हो । शालिक निर्माणका लागि नेपाली काँग्रेस क्षेत्र नम्बर १ दाङले संयोजन गर्ने छ ।

शिलन्यास कार्यक्रम पश्चात् आयोजित शभालाई सम्बोधन गर्दै महामन्त्री खड्काले सबैको प्रेरणाको स्वरुप रहेका स्व. खुम बहादुर खड्काको सिद्दान्त, बिचार र समर्पन लाई जनता माझ प्रस्तुत गर्न नसकिए त्यो अन्याय हुने धारणा राखे । स्वर्गीय आत्माको अन्तिम चिरशान्तीका लागि भएपनी उनको बिचार र सिद्धान्त अनुरुप अबको काँग्रेस चल्नुपर्ने बताए ।

स्व. खड्काको सिद्धान्तलाई पछ्याउँदै काँग्रेस अघि बढेपछी मात्र सफल हुनेपनि महामन्त्रीको भनाई छ । अधिनायकवाद बर्तमान सरकारले जनतालाई निरास बनाएको भन्दै महामन्त्री खड्काले स्व. खड्का जिवित भईदिएको भए जनताले खुसीको अनुभूति गर्न पाउने बिश्वास दिलाए । उनले स्मरण गर्दै भने पार्टीको अनुशासन लाई प्राथमिकता दिने पहिलो नेता हुनुहुन्थ्यो, छरिएर हैन जहिले एकता भएर बढ्नुपर्छ भन्दै आफै डोय्राएर हिड्नु हुन्थ्यो, उहाँको देहान्तले काँग्रेसलाई ठूलो क्षति पुगेको छ ।


प्रमुख अतिथी समेत रहेका महामन्त्री खड्काले अर्को फरक प्रसँगमा बोल्दै पछिल्लो समय काँग्रेसमा भित्रि समस्याका कारण हार ब्यहोर्नु परिरहेको र जसको समाधान आपसी छलफल बेगर नहुने धारणा राखे । ूकाँग्रेस सँग जनताको गुणासो छैन, हाम्रो व्यवहार र आँचरण सँग गुणासो छ खड्काले भने काँग्रेस सच्चिनु पर्ने अबस्था आएको छ ।

त्यस्तै प्रतिनिधि शभा सदश्य डिला पन्त सँग्रौलाले खुम बहादुर खड्काको अभाबमा अहिले काँग्रेस अभिभाबक बिना चलिरहेको बताईन । खुम बहादुरको पालामा महिला पुरुष दुबै बराबर रहेको स्मरण गर्दै सँग्रौलाले पछिल्लो समय बिस्तारै महिलालाई पछाडी धकेलिदै गरेको प्रती गुणासो पोखिन् । हिन्दु राष्ट्र मुद्धा छोडेर नै आज काँग्रेस देशको दोस्रो पाटी भएको सँग्रौलाको ठहर छ ।

नेपाली काँग्रेस दाङ्गका जिल्ला शभापती कृति बहादुर खड्काको शभाध्यक्ष तथा काँग्रेसका महामन्त्री पुर्ण बहादुर खड्काको प्रमुख आतिथ्यमा सम्पन्न शभामा स्व। खुमबहादुरका छोरा अनुराग खड्का, क्षत्रिय सभापती हरु जगत बहादुर खड्का, भुप बहादुर डाँगी, भेषराज पाण्डे, पुर्ब जिल्ला कार्यसमिति सचिब कमल किशोर घिमिरे, प्रदेश शभाका पुर्ब उम्मेद्वार हरु जानकीलाल बस्नेत, भरत न्यौपाने, पुर्ब साँसद शुसिला चौधरीले आ( आफ्नो भनाई राखेका थिए ।


कार्यक्रममा पुर्ब सँचार तथा राज्यमन्त्री तप्त बहादुर बिष्ट, पुर्ब साँसदहरु राजु खनाल, बुद्दीराम भण्डारी, प्रदेश सभा सदश्यहरु अर्जुन कुमार श्रेष्ठ, डिल्ली चौधरी, दाङ्गका पुर्ब सभापतीहरु मोहनलाल वली, घनश्याम रेग्मी, बिरकेश्वरी गौतम, गेहेन्द्र गिरी, डढेल्धुरा पार्टी शभापती कर्ण बहादुर मल्ल, पुर्ब मन्त्री दिपक गिरी लगायतका बक्ताले स्व। खड्कालाई स्मरण गर्दै उनको उच्च प्रशंसा गरेका थिए ।

सोही अबसरमा स्व। खड्काको शालिक निर्माणका लागि विभिन्न सँघ संस्था, ब्यक्तीगत तथा क्षेत्रिय कमिटिहरुले आर्थिक सहयोग गर्ने भनी वचन बद्दता गरेका छन् । १ बर्षकै अबधीमै शालिक राखिने कार्यक्रम सम्पन्न हुने दाङ्ग क्षत्र नम्बर १ का शभापती भेषराज पाण्डेले जानकारी दिए । सो अबसरमा विभिन्न पार्टीमा रहेका १ सय २० जना कार्यकर्ताले काँग्रेसमा प्रबेश गरेका थिए ।

कार्यकर्तालाई प्रमुख अतिथि, जिल्ला शभापति लगायत अन्य अतिथि हरुले फुल माला अबिरले स्वागत गरेका थिए । नेपाली काँग्रेस दाङ्गका सदस्य कमान सिँह भारतीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन काँग्रेस दाङ्गका जिल्ला सचिब शँकर डाँगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार