• २०७७ मङ्सिर ११ गते बिहिवार

गाँजा खेतीलाई व्यवसायिक बनाउन सांसद तामाङको माग

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन १९ गते सोमवार

काठमाडौं, १९ फागुन । गाँजा खेतिलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता भएको छ । पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मस्यौदा गरेको नीजि विधेयक सोमबार सचिवालयमा दर्ता भएको हो ।

सांसदहरुको विशेषअधिकार प्रयोग गर्दै ल्याइएको उक्त विधेयकमा राज्यले तोकेको निश्चित ठाउँमा अनुमति लिएर किसानहरुले गाँजा खेति गर्न पाउनुपर्ने उल्लेख छ । तामाङले औषधीय गुण भएकाले गाँजा खेतीबाट किसानहरुकोसंगै समग्र मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताए । विश्व स्वास्थ्य संगठनले पनि गाँजामा औषधीय गुण हुने भनिसकेको अवस्थामा नेपालमा पनि यस माथि लागेको प्रतिवन्ध फुकुवा हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार