• २०७७ मङ्सिर ९ गते मङ्गलवार

निजिक्षेत्रको टिम चुनाबी नारासहित पूर्वी जिल्लामा

Author Logo..
शरद रेग्मी २०७६ फाल्गुन १९ गते सोमवार

फागुन, १९ जनकपुर । नेपाल उधोग बाणिज्य महासघको आसन्न निर्बाचनमा चुनाबि मैदानमा होमिएका निजि क्षेत्रका ब्यबसायिक नेताहरु प्रचार प्रसारका लागि पुर्बका जिल्लाहरुमा पुगेको छ । सरकार निजिक्षेत्र साझेदारी भन्ने मुख्य नारा सहित जिल्ला नगर उपाध्यक्ष पदका उम्मेदवार गुणनिधि तिवारीको नेतृत्वमा ब्यबसायीहरुको टिम २ नम्बर प्रदेशमा पुगेको छ ।

चुनाबी प्रचार प्रसार र ब्यबसायिक भेटघाटका लागि भक्तपुर,बनेपा,धुलिखेल,रामेछाप, सिन्धुली हुदै सोमबार बिहान जनकपुर पुगेको हो । टोलीमा केन्द्रिय सदस्य पदका उम्मेदवार तुलसीपुर उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष सफल युवा ब्यबसायी बिमल रिजाल, रोल्पा उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष किसोर आचार्य साथमा २ नम्बर प्रदेश प्रमुख शिब शंकर शाह, कोहोलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारी लगाएतका प्रतिनिधिहरुको टोली पूर्वका विभिन्न जिल्लाहरुमा पुगेको छ ।

सो अबसरमा टोलीले विभिन्न जिल्ला नगरका अध्यक्ष तथा प्रतिनिधिहरुसग भेटेर निजिक्षेत्र र सरकारका बिचमा कसरी साझेदारी गर्न सकिन्छ, भन्ने बिषयमा छलफल गरेको छ । सो अबसरमा पछिल्लो समय ब्यबसायीहरु माझ देखिएको समस्याका बारेमा पनि छलफल गरेको तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतले बताए ।

सोमबार बिहान जनकपुरमा भएको अन्तर्कृिया एंव छलफल कार्यक्रममा जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष ललित कुमार शाहले आफुहरु बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्र प्रसाद ढकालको जुझारु टिम र कामगर्ने शैलिबाट निकै प्रभाबित रहेको बताए ।
सो अबसरमा सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अमलेस बैदार, महोत्तरी उधोग बाणिज्य संघका अध्यक्ष मोहन गुप्ता , जलेश्वर उद्योग बाणिज्य संघका अध्यक्ष कृपा शंकर शाह लगाएतले ब्यबसायीक एजेण्डामा महासंघको भुमिका सक्रिय हुनुपर्ने बताए थिए । ‘

कार्यक्रममा जिल्ला नगरका अध्यक्षहरुले नयां निर्बाचित हुने भावि नेतृत्वले पूर्बी जिल्ला ब्यबसायीहरुले भोग्दै आएका सिमा क्षेत्रका समस्या ,भन्सार चोरी निकासी र भिसिटिएसका समस्याहरु सरकार स्तरबाटै समाधान खोज्न पहल गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार