तुलसीपुरमा शुक्रवार करिब ५ हजार बालबालिकाले दादुरा विरुद्धको खोप लगाए

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन १७ गते शनिवार


तुलसीपुर,  शुक्रबारदेखी दाङका २० स्थानियतहमा पहिलो चरणमा शुरु भएको राष्ट्रिय अभियान अन्र्तगत दादुरा रुवेला तथा पोलियो खुवाउने अभियान शुरु भएको छ । फागुन १६ देखी २६ गते सम्म संचालन हुन अभियानमा तुलसीपुर उपहानगरपालिका, बंगलाचुली, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा यो अभियान शुरु भएको हो । त्यसैगरी शुक्रबार तुलसीपुर उपहानगरपालिकाका करिब ५ हजारलाई खोप लगाउनुका साथै पोलियो खुवाईएको तुलसीपुर जन स्वास्थ्य महाशाखाले जनाएको छ । शुक्रबार तुलसीपुरमा २८ वटा खोप केन्द्रबाट शुरुवात गरिएको थियो ।

४८सय ४३ बालबालिकाले खोप लगाएको र ५ हजार ७८ जना बालबालिकाले पोलियो खाएको जन स्वास्थ्य महाशाखाका जन स्वास्थ्य निरिक्षक विमल केसीले बताए । अभियानमा ३५ जना स्वास्थ्यकर्मी र ५६ स्वंमसेविकाहरु परिचालन भएका उनले बताए । त्यसैगरी शनिवार तुलसीपुरमा १९ केन्द्र्रबाट खोप दिन कार्यक्रम रहेको जनस्वास्थ्य निरिक्षक केसीले बताए ।

जस अन्र्तगत वडा नम्बर १ मा ढकाल पसल अगाडी, वडा नम्बर ३ मा प्रतापकोट, वडा नम्बर ५ मा राप्ती प्रादेशिक अस्पताल, वडा नम्बर ६ मा हात्तिखौवा चोक, सिप विकास, रामनगर, गौगी डाँडा, गोलौरा चौतारा, वडा नम्बर ७ मा जितपुर, वडा नम्बर ८ मा बटोलपुर, वडा नम्बर ९ मा शिवमन्दिर, वडा नम्बर १० पुकार पसल, वडा नम्बर ११ मा दिब्यज्योती स्कुल , वडा नम्बर १३ मा ढकना, वडा नम्बर १४ मा ड्वाङपुर, वडा नम्बर १६ मा मजगाउँ, वडा नम्बर १८ मा खोली गाउँमा खोप केन्द्रहरु रहेको केसीले बताए । दा

दुरा रुवेला विरुद्धको खोप बच्चा जन्मेको ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई लगाईन्छ, भने पोलियो खोप बच्चा जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई खुवाईन्छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार