दाङका ५ स्थानियतहमा शुक्रबारदेखी दादुरा रुबेला खोप अभियान शुरु

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन १६ गते शुक्रवार


तुलसीपुर, दाङका ५ वटा स्थानियतहमा शुक्रबार फागुन १६ देखी २६ गते सम्म राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत दादुरा रुबेला खोप २०७६ कोे अभियान शुरु भएको छ । दाङका १० स्थानिय तह मध्य पहिलो चरणमा दाङको बंगलाचुली गाउँपालिका, तुलसीपुर उपहानगरपालिका, बबई, शान्तिनगर र दंगीशरण गाउँपालिकामा यो अभियान शुरु भएको जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । दाङमा ७३ हजार ४ सय ८३ जना बालबालिकालाई दादुरा बिरुद्धको खोप लगाईने भएको छ ।

त्यसका लागी ५ सय १ केन्द्रबाट खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय दाङकी प्रमुख एवं जनस्वास्थ्य अधिकृत सुनिता पौडेलले बताईन । दाङमा अहिले ८८.६ प्रतिशत बालबालिका खोपको पहुँचमा रहेको देखिएको छ । नेपालले सन् २०१९ मा दादुरा रुबेला रोगको निवारण गर्ने लक्ष्य भएता पनि अझै केहि जिल्लाहरुमा यसको समस्या देखिएकाले सन् २०२३ सम्म यो निवारण गर्ने उदेश्यका साथ यो अभियान शुरु भएको उनले बताईन् ।

त्यसैगरी उनले खोप अभियानसंगै तराईका १९ जिल्लामा पोलियो थोपा खुवाईने अभियान पनि रहेको बताईन् । सन् २०१४ मा नेपाललाई विश्व स्वास्थ्य संगठनले पोलियो नियन्त्रण देश भएको भनेता पनि यसलाई उन्मुख गर्नको लागी अहिले तराईका १९ जिल्लामा र खोप र पोलियोको अभियान समेत शुरु भएको उनको भनाई छ ।

पोलियोलाई यो पनि सन् २०२३ सम्ममा नेपालबाट उन्मुख बनाउने लक्ष्य लिएको उनले बताईन् । दाङमा दादुरा रुवेला खोप अभियान सफल गर्नको लागी प्रत्येक वडाले ९५ प्रतिशत लक्ष्य पुरा गर्नु पर्ने समेत उनले बताईन् । त्यसैगरी दाङको देउखुरी क्षेत्र राजपुर, गढवा, बेलामा करिब ४ महिना पहिले यो रोगले महामारीको रुपमा लिएको भन्दै उनले अहिले दाङ अन्य जिल्लाकोे तुलना बढि जोखिम देखिएको समेत बताईन् । त्यति बेला करिब ४८ जनालाई यो रोग सरेको थियो ।

त्यसै गरी दाङमा दोस्रो चरणमा फागुन २९ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान संचालन गरिने छ । दोस्रो चरणमा घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा खोप अभियान संचालन हुन लागेको हो । दादुरा रुवेला विरुद्धको खोप बच्चा जन्मेको ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई लगाईन्छ, भने पोलियो खोप बच्चा जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई खुवाईन्छ ।

https://www.facebook.com/onlinerapti/videos/810946176054793/

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार