तुलसीपुर ३ भट्टेको असुरकोटको भिरमा मावन कंकाल भेटियो

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन १५ गते बिहिवार

तुलसीपुर,  दाङको तुलसीपुरमा मानव कंकाल भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका–३ भट्टेको फुलबारी सामुदायिक वन स्थित असुरकोटको भिरमा मावन कंकाल भेटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र बहादुर डमरपालले जानकारी दिए ।

घाँस काट्न गएका महिलाहरुले सडेको अवस्थामा भीरमा मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । नीलो ज्याकेट, सेतोमा कालो धर्का भएको सर्ट र खरानी रङको पैन्ट भएकाले मानव कंकाल पुरुषको नै भएको प्रवक्ता डमरपालले बताए ।

‘पुरुषले लगाउने कपडाका आधारमा उक्त कंकाल पुरुषको हो भन्नेमा हामी पुगेका छौ,’ प्रवक्ता डमरपालले भने–‘ तर व्यक्तिको पहिचान नभएकाले घटनाको बारेमा तत्काल केही भन्न सकिदैन ।’

मानव कंकाल(हाडखोर) संकलन गरेर प्रहरीले राप्ती प्रादेशिक अस्पतलाको शव गृृहमा राखेको छ । घटनाको विषयमा अनुसन्धान पनि अघ बढाएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार