शरद रेग्मी ,तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा एक करोडको लगानीमा खानेपानि परियोजना सुरु भएको छ । जिल्ला खानेपानी संस्थाको सहयोगमा संचालन भएको छ । परियोजनाको बिहिबार एक कार्यक्रमका बिच तुलसीपुर उपमहानगरपालिकाका प्रबक्ता श्याम डांगीले उद्घाटन गरेका थिए । बेलगनार खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष बिक्रम चौधरिको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले खानेपानी परियोजना सुरु भएसंगै ३२ साल देखि बेलगनारका जनताहरुले भोग्दै आएको समस्या समाधान भएको बताएका थिए ।
उनीहरुले खानेपानीको ब्यबस्थापन र बवकासमा स्थानिय सरकारको ध्याणाकर्षण गराएका थिए । त्यसैगरी बेलगनार र सुकौराका करिब ५ सय घरधुरिलाई पुग्नेगरि सुरु गरिएको योजना सम्पन्न गर्न करिब २ बर्ष लागेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले तुलसीपुर सुकौरा सडकको निर्माण कार्यमा चासो दिन , तटबन्धनको काम तत्काल सुरु गर्न र सो क्षेत्रबाट दिनहु भैरहेको अबैध ढुगा, बालुवा उत्खनन तथा चोरी निकासी तत्काल रोक्न पहल गरिदिन स्थानिय सरकार तुलसीपुर उपमहानगरपालिकालाई ध्याणाकर्षण गराएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रबक्ता श्याम डांगीले आफुहरु बेलगनार र यस क्षेत्रको बवकासमा लागि पर्ने प्रतिबद्ताद्ध ब्यक्त गरे । ।उनले कुना कन्दरामा रहेका हरेक नागरिकको आधारभुत आबश्यकता पुरा नहुदां सम्म तुलसीपुर उपमहानगरपालिका सम्बृद्ध बन्न नसक्ने बताए । उनले हरेक नागरिकहरुले स्वच्छ खानेपानी ,शिक्षा र स्वास्थ्यको सुबिधामा स्थानिय सरकार गम्भिर भएर सेवा प्रदान गर्न लागि परेको बताए ।
सो अबसरमा पूर्ब सभाषद बुद्धिराम भण्डारीले आफु सभाषद हुदाँ तुलसीपुर सुकैरा सडक क्षेत्रको कालोपत्रे योजना पार्न सफल भएको बताए । यस क्षेत्रको खानेपानि योजना पनि आफ्नै पहलमा सुचारु गरेको भन्दै आगामी दिनमा पनि यस क्षेत्रको विकासमा निरन्तर लागि पर्ने बताए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडा सदस्य घनश्याम गौतम,रेडियो तुलसिपुरका महासचिब महेन्द्र लामिछाने, रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी,नवलपुर खानेपानीका अध्यक्ष नेत्रमणि शर्मा,स्थानिय ढुण्डिराज न्यौपाने,मनोहर न्यौपाने,ईन्लासे सस्थाका राजन ओड,जनकु चौधरी लगाएतकाले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको सहजिकरण प्रमिला चौधरीले गरेथिईन् । जिल्ला खानेपानी डिभिजन कार्यालयले बोरिङ तथा ओभरहेड टंकी र पाईप लाईन बिस्तारका र निर्माणका लागि ९० लाख बिनियोजन गरेको थियो । सो योजना सम्पन्न गर्न ईन्लासे सस्थाले करिब ४ लाख ६७ हजार बराबरको पाईप सहयोग गरेको थियो । स्थानिय स्वर्गिय पुनाराम न्यौपानेले बोरिङ स्थापना गर्नका लागि निशुल्क जमिन उपलब्ध गराएका थिए ।