कोही नहुनेको सरकार अभिभावक बन्छ : मन्त्री बराल
तिर्थराज ज्ञवाली, फागुन १५,देउखुरी दाङ । दाङको राप्ती गाउँपालिका नेपालकै दोस्रो सडक मानव मुक्त गाउँपालिका घोषणा भएको छ । विहिवार एक समारोहका विच प्रदेश नं। ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले गाउँपालिकालाई सडक मानवमुक्त गाउँपालिका घोषणा गरे । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको घोषणा कार्यक्रम गाउँपालिका क्षेत्रका विभिन्न बजार क्षेत्रबाट सडकमा रहेका असहाय, अभिभावक विहिन र आफन्तजनबाट टाढिएकाहरुले सडकलाई नै आश्रयस्थल गराईरहेकाहरु लाई अयियान नै संचालन गरेर उद्धार गरिएपछि गाउँपालिकालाई सडक मानव मुक्त गाउँपालिका घोषणा गरिएको हो ।
घोषणासभामा मन्त्री बरालले अब कसैले सडकलाई घर बनाउनु नपर्ने बताए । उनले प्रदेश सरकारले गत आर्थिक बर्षबाटै सडक मानव मुक्त बनाउनको लागि नीति बनाइसकेको जानकारी दिदै उहाँले केहि समय भित्रै प्रदेशका सबै जिल्लालाई मानव मुक्त जिल्ला घोषणा गर्ने जानकारी दिए ।
घोषणा कार्यक्रममा बोल्दै मन्त्री बरालले ‘केही समय पछि प्रदेश ५ का सडकमा बेसाहरा मानवहरु देख्नु पर्दैन, सरकारले सडक मानवको लागि उचित व्यवस्थापन र साहारा दिने काम गर्र्ने र नेपालगंज र बुटवलबाट सडक मानवमुक्त क्षेत्रमा काम भइरहेको जानकारी दिदै यस क्षेत्रमा काम गरिरहेका संस्थाहरुको पहल सकरात्मक रहेको बताए घोषणासभाका प्रमुख अतिथि समेत रहेका मन्त्री बरालले प्रदेश ५ को यो कार्यले अन्य प्रदेशलाई पनि राम्रो शिक्षा हुने जानकारी दिदै मानवलाई सडकमै आउनु पर्ने गरि परिवारबाट यस्को व्यवस्थापन आवश्यक रहेको बताए ।
उनले मानवले मानवलाई मानवको रुपमा मायाँ ममता र सहयोग गरौ भन्ने उदेश्य सहितको असहाय, अभिभावक विहिन अशक्त बेसहारा, बेबारिसे मनोसामाजिक समस्या भएका सहयोगापेक्षी सडक आश्रित व्यत्तmरहित राप्ती गाउँपालिकाको घोषणपत्र बाचन गरेर सुनाए ।
कार्यक्रममा प्रदेश ५ का सासद दामा शर्माले , इन्द्रजित थारु, रेवतीरमण शर्मा, पूर्व प्रतिनिधि सभा सांसद शुसिला चौधरी, प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल लगाएतकाले अभियान तथा घोषणा कार्यको सफलताको शुभकामना मनतव्य व्यक्त गरेका थिए ।
राप्ती गाउँपालिको आयोजना र निलसागर सेवाश्रमको सक्रियतामा गाउँपालिका सिसनियाँ, भालुवाङ, लालमटीया क्षेत्रबाट सडकमा रहेका बेसहरा सडक मानहरुलाई उद्धार गरि आश्रममा राखिएको छ । दाङबाट हाल सम्म ४१ जनालाई उद्धार गरिएको मध्ये ३१ जनालाई राप्ती गाउँपालिकामा स्थापना गरिएको नीलसागर आश्रम राखिएको नील सागर सेवाश्रम दाङका संयोजक प्रकाश विष्टले जानकारी दिए ।
गाउँपालकिा अध्यक्ष नुमानन्द सुवेदीले तथा उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले सडक मानव मुक्त समाज घोषणा गर्ने गरि काम गरेका सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गर्दै स्थानीय सरकार सडक मानवमुक्त अभियान कार्यान्यन गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । यस संगै दाङको राप्ती गाउँपालिका बाँकेको खजुरा गाउँपालिका पछिको दोस्रो सडक मानवमुक्त गाउँपालिका घोषणा भएको हो ।