तिर्थराज ज्ञवाली, देउखुरी दाङ । राप्ती गाउँपालिकामा दुख पाएर, मानसीक रुपमा कमजोर भएर सडकमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने उदेश्यका साथ सडक मानव मुक्त गाउँपालिका घोषणा गर्ने कार्यक्रम विहिवार आयोजना हुदैछ ।
प्रदेश ५ का सामाजिक विकास मन्त्रि सुदर्शन बरालले राप्तीको अवस्थालाई चित्रण गर्दै यस क्षेत्र दुःख पाएर सडकमा जिवन यापन गर्ने नागरिक नरहेको गाउँपालिका हुने भनि सडक मानव मुक्त गाउँपालिका घोषणा गर्नुहुने कार्यक्रम रहेको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले जानकारी दिए । दाङको राप्ती गाउँपालिकालाई नेपालको ऐतिहासिक दोस्रो सडक मानवमुक्त गाउँपालिका घोषणा गर्न लागिएको हो ।
गाउँपालिकाको पिपरीमा रहेको निलसागर असाहाय, अशक्त जेष्ठ नागरिक सेवा केन्द्रको समन्वयमा गाउँपालिका भित्रका ९ वटै वडालाई समेटेर विशेष सरोकारवालाहरुको माझवाट सडक मानवमुक्त गाउँपालिका घोषणा गर्न लागिएको हो ।
घोषणा कार्यक्रममा विशेष ¥याली सहित विभिन्न जातजातीको झाँकी, बाजागाजा सहित सडक मानव मुक्त गाउँपालिका घोषणा गर्न लागिएको राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए ।
घोषणा कार्यक्रमलाई सहभागीता मुलक बनाउने र विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम पनि तय भएको प्रमुख विश्वास विकले बताउनुभएको छ । ।
गाउँपालिकामा दुख पाएर, मानसीक रुपमा कमजोर भएर सडकमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने उदेश्यका साथ सडक मानव मुक्त गाउँपालिका घोषणा गर्न थालिएको हो । विहिवार दिउँसो १ बजे गाउँपालिका परिसर बाट हुने घोषणा कार्यक्रममा सहभागि भईदिन सम्पुर्ण राप्ती गाउँपालिका बासी तथा सरोकार वालाहरुमा अनुरोध समेत गरिएको छ ।
हाल राप्ती गाउँपालिकाको पीपरी स्थीत निलसागर असाहाय, अशक्त जेष्ठ नागरिक सेवा केन्द्रमा ३० जना असाहाय, अशक्त, जेष्ठ नागरिक लाई आश्रमको ब्यवस्था मिलाईएको सेवा केन्द्रका संरक्षक प्रकाश विष्टले जानकारी दिए ।
बुधवार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको कार्यक्रम तयारी बैठकले राप्ती गाउँपालिकालाई सडक मानव मुक्त गाउँपालिका घोषणाका लागि निलसागर आश्रमको समन्वयमा सडक मानव मुक्त गाउँपालिका घोषणा गर्ने कार्यक्रमको तयारीका लागि विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरुलाई तयारीको लागि जिम्मेवारी समेत प्रदान गरिएको छ ।