उद्योग बाणिज्य महासंघको जिल्लानगर उपाध्यक्षमा  तिवारीको उम्मेदवारी

Author Logo..
२०७६ फाल्गुन १४ गते बुधवार


शरद रेग्मी, काठमाण्डौ १४ फागुन । १५ वर्ष सक्रिय रूपमा नेपाल उद्योग बाणिज्य महासंघको बिभिन्न पदमा रहि काम गर्दै आएका परासी जिल्लाका सफल उद्योगपति एंव ब्यबसायी गुणनिधि तिवारीले आसन्न निर्बाचनमा जिल्ला नगरको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
पहिलो पटक चण्डीराज ढकाल अध्यक्ष हुँदा अञ्चल सदस्यबाट २०६२ सालमा नेपाल उद्योग वाणिज्य महासंघमा कार्यकारिणी सदस्यको रुपमा प्रवेश गरेका तिवारी महासंघमा निरन्तर ५ कार्यकाल पूरा गरेका तिवारीले यस पटक जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेदवाररी घोषणा गरेका हुन् ।

लामो समय महासंघमा रहेर काम गरेका तिवारी अहिले महासंघको प्रदेश ५ को अध्यक्ष हुन् । उनले भने,‘ म नेपालका सबै जिल्ला नगरमा पुगेर व्यवसायीको गुनासो सुनेको छु । लगानीको वातावरण, स्थानीय स्तरमा रहेका कर विवाद, एकद्धार प्रणालीमा उद्योगका काम, बैंक व्याजदरको विषय जस्ता मुद्धाहरु सजिलै समाधान गर्न लागि पर्ने छु ।

’ स्थिर सरकार छ । सरकारले केही काम गरिरहेको पनि छ । तथापि, लगानी मैत्री वातावारण बनिसकेको देख्न पाइएको छैन । ऐन कानुन बन्दै गरेको भए पनि त्यसको कार्यान्वयन पक्षमा अन्योलता छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार बीचमा रहेका केही अन्योलताले अहिले पनि विभिन्न सरकारहरु उद्योग व्यवसाय मैत्री बन्न सकिरहेका छैनन् ।

बैंकको व्याज, कर प्रशासनको समस्या जस्ता विषयले जिल्ला नगरमा रहेर उद्योग, व्यवसाय वा व्यापार गर्नेहरु समस्यामा परिरहेका छन् । यी विषयलाई महासंघको नेतृत्वले उठाइ रहेको छ । यही समस्या समाधान गर्ने मुद्धा मेरो प्राथमिकतामा पर्ने छन्, उनले भने।

“मैले विगत १५ वर्ष महासंघमा रहेर काम गरे । त्यसबाट केही सिक्ने मौका पाएको छु ।म उपाध्यक्ष भएर आए भने जिल्ला नगरको गतिविधि बढाएर जिल्लामा रहेका साना मझौला सहितको व्यवसायको प्रबर्दनमा काम गर्ने छु ।” बुधबार तिवारीले बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाललको प्यानलबाट जिल्ला नगरको उपाध्यक्ष पदमा उम्मेबवारि घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार