लक्ष्मण बस्नेत, फागुन १४ तुलसीपुर । दोस्रो डिभाईन टेम्पल ईन्टर स्कुल टि –२० क्रीकेटको उपाधी हिमाल एकाडेमी तुलसीपुरले हात पारेको छ । डिभाईन टेम्पल एकाडेमी तुलसिपुरको आयोजनामा फागुन ८ गते देखि अरनिको मैदान तुलसीपुरमा संचालित प्रतियोगिताको मंगलबार सम्पन्न फाईनल खेलमा गोरखा मा.बि. तुलसीपुरलाई ५ रनले पराजित गर्दै हिमाल एकाडेमी तुलसीपुरले उपाधी चुमेको हो ।
उपाधी संगै उसले नगद ३० हजार पुरस्कार ,ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्यो । त्यस्तै फाईनलमा पराजित गोरखा मा.बि. तुलसीपुर उपबिजेतामा सिमित रहदै नगद १५ हजार पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । २० ओभरको खेलमा टस जितेर ब्याटिङ गर्न खेल मैदान उत्रीएको हिमाल एकाडेमी तुलसिपुर १९ दशमलव ४ ओभरको समाप्तिमा अल आउट हुँदै ७६ रन जोड्न सफल भयो । जसमा प्रशान्त लामिछानेले सर्वाधिक २८ रनको योगदान दिए , भने प्रकाश चलाउनेले १५ रन जोडे ।
बलिङ तर्फ गोरखा मा.बिका बिमल खत्री ३ र प्रबिण बिकेले २ विकेट लिए । प्रतिउत्तरमा ७७ रनको बिजयी लक्ष्य पछ्याएको गोरखा मा.बि १९ दशमलव ४ ओभरमा अल आउट हुँदै ७१ मात्र जोड्न सक्यो । जसमा धिरज डाँगी,अच्युत थापा र आयुस हमालले ब्यक्तिगत १२,११ र १० रन बनाए । बलिङ तर्फ हिमालका पुर्ण बहादुर वली ३, रोहन बिसी,३ र कपिल धितालले २ विकेट लिए ।
रोहन बिसि म्याच अफ द फाईनल बने । पहिलो संस्करण सफलता पुर्बक सम्पन्न गरेको डिभाईनले विद्यालय स्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई क्रीकेट खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा पश्चिम दाङ अन्तरगतका निजि तथा सामुदायिक बिधालयका १० टिमको सहभागिता रहेको थियो ।
यसैबिच प्रतियोगिताको समापन समारोह डिभाईन टेम्पल एजुकेसन फाउन्डेसनका प्रीन्सपल भोजराज न्यौपानेको अध्यक्षता तथा नेशनल प्याब्सन प्रदेश ५ का अध्यक्ष सुबोध कुमार डाँगीको प्रमुख आतिथ्य एवं नेशनल प्याब्सन दाङका अध्यक्ष बिमल गौतमको बिशिस्ट आतिथ्यमा भएको थियो ।
सो अबसरमा वेस्ट ब्याट्स म्यान अमर बोर्डिङ स्कुल कालाखोलाका गोपाल केसी,वेस्ट बलर अरनीको स्कुल तुलसीपुरका युव राज वली,म्यान अफ द सिरिज गोरखा मा.बि तुलसीपुरका बिमल खत्री र राईजिङ प्लेयर हिमाल एकाडेमी का सुलभ आचार्य लाई घोषित गरिएको थियो । कार्यक्रमको संचालन हिमाल कडेलले गरेका थिए ।