कालिकोट, १३ फागुन । कर्णाली नदीमा सोमबार बिहान जीप खस्दा १ जनाको मृत्यु भएको छ । कर्णाली करिडोर अन्तर्गत कालिकोटको खाडाचक्र नगरपालिका र नरहरिनाथ गाउँपालिकाको सीमा जितेमा लु १ ज ४१४१ नम्बरको जिप कर्णाली नदीमा खस्दा चालक दैलेख गुराँस गाउँपालिका ४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको हो । रासकोट नगरपालिकाबाट जितेका लागि हिडेको जिप यात्रु झारेर फर्काउने क्रममा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
प्रहरीका अनुसार बिहान १० बजेतिर जिप दुर्घटना भएको हो ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस