तुलसीपुर , शनिवार दिउँसो नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रमा चट्याङ पर्दा विभिन्न मेसनरी सामानहरुमा क्षति पुगेको छ । चट्याङका कारण कम्युटर, टोकन मेसीन, प्रिन्टर, अनलाईन युपिएस, सर्भर र नेटवर्क गरी करिब ३/४ लाख बराबरहको क्षति पुगेको कार्यालयका प्रशासन प्रमुख तथा सुचना अधिकारी युवराज विष्टले बताए ।
चट्याङले भने कुनै मानवयि क्षेती नभएको उनले बताए । कार्यालयको महत्वपुर्ण सर्भर र कम्प्युटरमा क्षति भएपछि अहिले सेवा प्रभावित बनेको छ । शनिवार क्षति भएपछि आईतवार सामान्य मर्मत कार्यले गर्दा सेवा सुचारु भएपनि सोमवार देखी विद्युत महशुल सेवा पुर्ण रुपमा प्रभावित भएको छ । बिशेषगरी सर्भर र कम्प्युटरमा क्षति पुगेपछि अनलाईन र विलिङ मार्फत विद्युत महशुलको सेवा ठप्प भएको प्रशासन प्रमुख विष्टले बताए ।
सर्भर मर्मतको लागी सोमबार नै नेपालगन्ज पठाएको भएता पनि त्यहाँ सम्भव भएपछि काठमाडौ पठाएको उनले बताए । अव काठमाडौँबाट बनेर नआउँदा सम्म विद्युत महशुल काउण्टर केहि दिनका लागी बन्द हुने समेत उनले बताए । । विद्युत काउण्टर बन्द हुदाँ महशुल बुझाउन आएका सेवाग्राहीहरु फर्कन बाध्य भएका छन्, भने सर्भर नहुदाँ अनलाईन मार्फत भुक्तानी पनि हुन सकेको छैन । सेवाग्राहीहरुले भने कार्यालयबाट समय मै सुचना नपाउँदा दुख पाएको गुनासो गरेका छन् ।
पश्चिम दाङको शान्तिनगर २ का महेश भण्डारीले विद्युत महशुल बुझाउन आएको भएता पनि कार्यालयमा सेवा बन्द हुदाँ समस्या भएको बताए । उनले भने ,‘ अहिलेको प्रविधीमा पनि समय मै सुचना प्रवाह गर्न नसक्नु कार्यालयको कम्जोरी हो ।’ सबैको हात हातमा मोबाईल हुन्छ, यदि त्यसमा सुचना प्रवाह गरेको भए यसरी कार्यालयमा आएर फर्कनु पर्ने अवस्था हुने थिएन् ।
त्यसैगरी तुलसीपुर ७ पर्सेनी सुमित्रा भुसालले पनि सेवा बन्द भएको थाहाँ नपाउँदा कार्यालयमा आएर फर्किनु परेको बताईन् । कार्यालयमा विहान १० बजेदेखी सेवाग्राहीहरु आएर फर्किदै जाने गरेका छन् ।
https://www.youtube.com/watch?v=2775gC3WHdo