दङ्गिशरणमा सोमबार देखि रास्ट्रपति रनिङ शिल्ड

Author Logo..
२०७६ फाल्गुन ११ गते आइतवार

 

लक्ष्मण बस्नेत , फागुन ११ हेकुली । दङ्गिशरण गाउँपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ सोमबार देखि सुरु हुदैछ । दङ्गिशरण गाउँपालिका को आयोजना तथा बिरेन्द्र माबी हेकुली को संयोजनमा संचालन हुने प्रतियोगिता को औपचारिक उद्घाटन बिहान १० बजे गर्ने कार्यक्रम तय गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

३ दिन सम्म संचालन हुने प्रतियोगितामा भलिबल,कबडी, छात्र रछात्रा,ऎथ्लेटिक्स ट्रयाक तर्फ १००,२००,४००,८००,१५००,३००० मिटर छात्र र छात्रा दौड,१०० गुणा ४०० र ४ गुणा ४०० छात्ररछात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प,लङजम्प,त्रीपलजम्प,ज्याभलिङ थ्रो र सटपुट छात्ररछात्रा बिच कडा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा दङ्गिशरण गाउँपालिका क्षेत्रका सामुदायिक तथा निजि विद्यालयको सहभागिता रहनेछ, भने विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ बर्ष उमेर सम्मका छात्ररछात्रा ले मात्र भाग लिन पाउनेछ्न् ।

यसैबिच प्रतियोगिताको आयोजक दङ्गिशरण गाउँपालिका तथा सयोजनको जिम्मा पाएको बिरेन्द्र मा.वि हेकुलीले प्रतियोगिता को सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । तयारी स्वरुप खेलमैदान मर्मत,ट्रयाक एण्ड फिल्ड निमार्ण,आर्थिक तथा प्राबिधिक ब्यबस्थापन,प्रचार प्रसार लगाएत कार्य पूरा भएको र उद्घाटन समारोह मा उपस्थितिको लागि राजनितिकदल,समाजसेवी ,बुद्धिजीवी,खेलप्रेमी, खेलाडी,पत्रकार लगाएत सबैमा हार्दिक अनुरोध गरेको दङ्गिशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद समितिका प्रमुख बिनोद अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार