तुलसीपुर, दाङको बेलझुण्डीमा शनिवारदेखी ‘प्रदेश एक्स्पो २०७६’ को शुरु भएको छ । एक्स्पोलाई शुरु गर्दा शंखध्वनीका साथ गरिएको थियो । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले भब्य समारोहका बिच एक्स्पोको समुद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले सरकारले बिकास र सम्बृद्धिको यात्रामा अगाडी बढाएको दावी गरे ।
त्यसैगरी उनले ७ वटा प्रदेश मध्य सबै भन्दा बढि उच्च आर्थिक बृद्धि दर गर्ने प्रदेश ५ रहेको समेत बताए । तर हिजोदेखिको बर्षातका कारण एक्स्पोलाई प्रभाबित भनाएको छ । मौसम प्रतिकुलका कारण मञ्च ब्यबस्थापन,स्टल र दर्शक र सेवाग्राहीलाई सकस भएको छ । शनिबरदेखि १२ गतेसम्म सञ्चालन हुने एक्स्पोमा १२ जिल्लाका पहिचान र विशेषता झल्कने कक्ष समावेश गरिएका छन् । १०९ स्थानीय तहले आफूले गरेका नमूना काम समेत प्रस्तुत गरिने छन् ।
एक्स्पोमा सरकारी र निजी क्षेत्रका गरी करिब ५०० कक्ष सहभागी भएका छन् । ‘समृद्ध प्रदेश खुशी जनताको अभियान सफल पाराँै’ भन्ने नाराका साथ प्रदेश सरकारले सम्पदान गरेका कार्यहरु, प्रदेश भित्रका नविनतम प्रविधि र कार्यको जानकारी दिने, योग ध्यान र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पर्यटकीय झलक, उत्पादित वस्तु तथा खाद्य सामग्री लगाएतको प्रदर्शन गरिएका मुल आयोजक समिति प्रदेश सरकारले जानकारी दिएको छ ।
सेवा प्रवाह सम्बन्धी जानकारी मूलक प्रस्तुति, विभिन्न ठाउँका कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, स्थानीय प्रविधि र उत्पादनको प्रदर्शनी, नव प्रवद्र्धधन प्रविधिमा आधारित कक्ष एक्स्पोमा राखिएको छ ।
https://www.facebook.com/onlinerapti/videos/1298842273659274/