बाँके , नेपाली कांग्रेस का नेता डा. शेखर कोइरालाले गोकुलप्रसाद बाँस्कोटालाई संरक्षण दिने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन्। नेता कोइरालाले राजनीतिमा नैतिकता महत्वपूर्ण हुने भन्दै प्रधानमन्त्रीले नैतिकता बुझेको भए तत्काल राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्ने बताए।
वर्तमान सरकार भ्रष्टाचार र अनियमिततामा डुबेको पुष्टि सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डले देखाइसकेको बताउँदै उनले सरकारमै रहेकाको संलग्नता देखिएकोले वर्तमान सरकार चलाउने नैतिक आधार प्रधानमन्त्री ओलीमा नभएको दावी गेर। ‘पदबाट राजीनामा दिएर अनुसन्धानमा सघाउँदा नै उत्तम हुन्छ,’ उनले भने।
सुशील कोइरालको स्मृतिमा डुडुवा गाउँपालिका ५ कम्दीस्थित विद्यालयमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा बोल्दै कांग्रेस नेता कोइरालाले कम्युनिष्ट भ्रष्टाचारी हुन्छन् भन्ने विभिन्न समयमा भएका घटनाले पुष्टि गरेको बताउँदै उनले कम्युनिष्टको ज्यादती कांग्रेसले नसहने स्पष्ट पारे। उनले सरकार र अख्तियार मिलेर बालुवाटारस्थित ललिता निवासको जमिन प्रकरणमा कांग्रेस निकट नेतालाई फसाइएको जिकिर गरे।
‘बालुवाटार प्रकरणमा सरकार र अख्तियार बीचको मिलेमतो हामीलाई स्वीकार्य छैन। निष्पक्ष छानविन गरेर कम्युनिष्ट निकटका नेतालाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ,’ उनले भने। अख्तियारले बालुवाटार जग्गा प्रकरणमा नीतिगत भनेर पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई छुट दिएको र कम्युनिष्टको नेता भएकै कारण कसैलाई जग्गा फिर्ता गर्दैमा छुट दिएको प्रति असन्तुष्टि जनाए। ‘