एमसीसी परिमार्जन सहित संसदबाट पारित हुन्छ : प्रचण्ड

Author Logo..
२०७६ फाल्गुन १० गते शनिवार

नवलपरासी, १० फागुन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी परिमार्जन सहित संसदबाट पारित हुने बताए । शनिबार नवलपरासीमा पत्रकारहरुसँग कुरा गर्दै दाहालले राष्ट्रिय हितमा हुने गरी परिमार्जन गरेर एमसीसी पारित गरिने बताए ।

एमसीसीबाट तर्सिन पर्ने वा ठाडै अस्वीकार गर्नपर्ने अवस्था नरहेको भन्दै दीर्घकालीन रुपमा नेपाललाई हानी नहुने गरी एमसीसी पारित गर्न नेकपाले अध्ययन कार्यदल बनाएको छ ,‘उनले भने, कार्यदलको सुझाव अनुसार परिमार्जन गरेर एमसीसी पारित हुन्छ ।

’ पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालय भवन उद्घाटन गर्न आएका अध्यक्ष प्रचण्डले एमसीसी नेपालमा आउने सहमति भएपछि सबै दल र नागरिक समाजका प्रतिनिधि उत्साहित भएको बताए ।

एमसीसी लागू गर्दा पुरै नेपालको हितमा छ कि छैन भन्नेमा आफूहरु चनाखो रहेको उनको भनाइ थियो । कार्यदलको प्रतिवेदन अर्का अध्यक्ष प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले अध्ययन गरेर चाँडो राष्ट्रहितमा हुनेगरी सहमति गर्ने प्रक्रिया अगाडि बढाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार