झण्डै २० बर्षपछि तुलसीपुरको पर्सेनीमा ‘भोटे’ मेला सुरु

Author Logo..
२०७६ फाल्गुन ९ गते शुक्रवार

तुलसीपुर , झण्डै २० बर्षपछि तुलसीपुरको पर्सेनीमा ‘भोटे’ मेला सुरु भएको छ ।  राजाको जन्मदिन,प्रजातन्त्र दिवस,राष्ट्रिय एकता दिवस बाहेक तुलसीपुर र आसपासका नागरिकलाई मनोरञ्जन दिने एक मात्र थालो कालाखोला थियो ।

दाङमा लाग्ने मेला मध्ये भोटे मेला पुरानो र महत्वपूर्ण मेलाको रुपमा लिने गरिन्छ । तत्कालिन हलवार र हाल तुलसीपुर उपमहानगरपालिका  ७ को कालाखोलामा जुम्लाबासीले ब्यापार गर्न ल्याएका घोडा दौड समेत प्रतियोगीता तत्कालीन अबस्थामा हुने गरेको जानकारहरुले बताउँछन् । घोडा र जुम्ला हुम्लाबाट ब्यबसायिक द्धष्टीकोणले ल्याएका राडीपाखि,जडीबुटि समेत बिक्रि गर्ने थलोको रुपमा भोट मेलालाई लिने गरिन्थ्यो ।

मेलामा नाँचगान,मदिरापान,ब्यबसायिक कारोबार उत्तिकै हुने गर्र्दथ्यो तर बार्षिक रुपमा लाग्ने भोटे मेला नेकपा माओबादीको सशस्त्र द्धन्दकालदेखि पूर्ण रुपमा बन्द भएको थियो । भोटे मेलाको महत्वलाई मध्यनजर गर्दै तुलसीपुर उमहानगरपालिका  वडा न.७ ले झण्डै २० वर्ष पछि पुनः मेला लगाएको  तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का अध्यक्ष एवं मेला मुल समितिका सयोजंक टोपबहादुर केसीले बताए ।

भोटे मेलाको उद््घाटन  गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिका भित्र पढाई हुने विद्यालयहरुमा भोटे मेलालाई स्थानिय पाठ्यक्रम भित्रको एउटा अध्ययन्को बिषय बनाउने बताए ।

भ्रमण वर्ष २०२० र घुम्न जाउँ तुलसीपुर अभियान अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाले भोटे मेलालाई पुर्न जागरण गर्नका निम्ती वार्षिक कार्य सुचीमा राखेको समेत  बताए । त्यसअबसरमा स्थानीय घोडा व्यवसायीका घोडाहरू बीचमा दौड प्रतियोगिता भएको थियो । प्रतियोगितामा प्रथम,द्धतिय र तृतिय हुने विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

त्यस्तै मेलाको पहिलो दिन कृष्ण रेउले,देबेन्द्र बस्नेत,प्रेम विवश घर्ति,नविन वलि र एचआर मगर लगाएतका कलाकारहरुले प्रस्तुती राख्नुभएको थियो । सो अवसरमा विभिन्न नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । मेला शनिवार सम्म लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार