काठमाडौं, ९ फागुन । नेपाली बजारमा सुनको मूल्यमा दिनहुँ नयाँ कीर्तिमान बन्नेक्रम शुक्रबार पनि जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको ७८ हजार १ सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
बिहिबार प्रतितोला ७७ हजार ६ सय रुपैया पुगेर नयाँ रेकर्ड बनाएको सुनको मुल्य शुक्रबार ५ सय रुपैंयाले बढेको हो । यही फागुन ६ गतेयता नेपाली बजारमा सुनको मूल्यमा दिनहुँ नयाँ कीर्तिमान बनिरहेको हो ।
शुक्रबार स्थानीय बजारमा तेजाबी सुन पनि तोलामा ५०० रुपैयाँले बढेर तोलाको ७७ हजार ८ सय कायम भएको छ । यसदिन चाँदीको मूल्य भने तोलाको ९ सय १५ रुपैयाँमै स्थीर रहेको जनाइएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ ।