तुल्सी हस्पिटलले नयाँ सेवा दिदै

Author Logo..
२०७६ फाल्गुन ८ गते बिहिवार

तुलसीपुर,    तुलसीपुरमा रहेको तुलसी हस्पिटलले आगामी डेढ बर्ष भित्र एक सय बेडको आधुनिक हस्पीटल बनाउने तयारी गरेको छ ।  २०७१ सालमा ४ वटा कोठाबाट सञ्चालन गरीएको हस्पिटलले झण्डै ७ बर्षको अबधि भित्र सुबिधा सम्पन्न आधुनिक जनरल हस्पिटल तुलसीपुरको दोघरेमा बनाउने योजना गराएको हस्पिटलका प्रमुख,बरिष्ठ बाल रोग बिशेषज्ञ डाक्टर किशोर केसीले बिहीबार पत्रकार भेटघाट कार्यक्रम गरी हस्पिटलको आगामी परिकल्पनाका बारेमा जानकारी गराए ।

बाल रोग सम्बन्धि उपचारका लागि यस क्षेत्रमा राम्रो पहिचान बनाई सकेको हस्पिटलले अब सबै सेवा प्रदान गर्ने गरी आधुनिक हस्पिटल बनाउने तयारीमा उनले बताए । त्यसैगरी एक महिना अघि मात्र ओटीको ब्यबस्थापनमा मात्र झण्डै एक करोड खर्चेर हस्पिटलमा बिभिन्न उपकरणहरु थप गरीएको र एनएसथेसीया, रेडियोलोजिष्ट, जनरल फिजीसियन, गाईनो लगायतका बिशेषज्ञ चिकित्सकहरु पनि कार्यरत रहेकाले सेवा सुबिधालाई थप प्रभाबकारी बनाउदै गएको अस्पतालका सञ्चालक डा.केसीले बताए ।

त्यसैगरी आईसीयू सेवा जडान गरीएको एम्बुलेन्स मात्र हस्पिटलसँग मात्र भएको बताए । साथै एम्बुलेन्सले  काठमाण्डौ,बुटवल र नेपालगञ्ज तथा भारत सम्म विरामीहरुलाई  सेवा पु¥याउदै आएको  समेत उनको भनाई छ । त्यसैगरी  राज्यले भने अझै पनि नीजि हस्पिटललाई हेर्ने दृष्टीकोणमा फरक गर्दै आएको उनले  गुनासो गरे ।

निजी अस्पिटल भएको भएता पनि आफुले धेरै महंगो शुल्क नलिई विरामीहरुको सेवा गर्दै आएको भन्दै उनले पैसा नभई उपचार गर्न आउने विरामीहरुलाई समेत निशुल्क उपचार गर्दै आएको समेत बताए ।

https://www.youtube.com/watch?v=BYTZDpSVf3s

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार