लागु पदार्थ दुब्र्यसन रोक्न तुलसीपुरमा सडक नाटक

Author Logo..
२०७६ फाल्गुन ८ गते बिहिवार

तुलसीपुर, लागु पदार्थ दुब्र्यसनी तथा मापेस नियन्त्रण जनचेतना अभिबृद्धिको लागी तुलसीपुरमा सडक नाटक प्रस्तुत गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा न. ६ को आयोजना तथा सामुदायिक प्रहरी वडा समिती वडा न. ६ को सहयोगमा तुुलसीपुरको हात्तिखौवा चोक र मदन आश्रित चोकमा प्रस्तुत गरिएको थियो ।

लागु पदार्थका कारण घर परिवार, समाजमा के कस्ता असरहरु पर्दछन् । भन्ने कुराहरुलाई नाटकबाट देखाएको वडा न. ६ का वडा अध्यक्ष नबराज लामिछानेले बताए । त्यसैगरी उनले पछिल्लो समयमा धेरै युवापुस्ताहरु विभिन्न कारणले दुब्र्यसनीमा फसेको हुनाले त्यसको रोकथामको लागी सडक नाटक मार्फत जनचेतना अभिबृद्ध गरेको समेत बताए ।

त्यसैगरी वडाका विभिन्न विद्यालयहरुमा समेत लागु पदार्थ दुब्र्यसनीको बारेमा विद्यार्थीहरुलाई अभिमुखीकरण गरेको र अबको केही दिन मै वडाको टोल टोलमा घरदलौ कार्यक्रम गरी जनचेतना दिने कार्यक्रम रहेको उनले बताए । नाटकमा निम बहादुर डाँगी, बुद्धिराम चौधरी, चेतना न्यौपाने, तुलसीराम बस्याल, डिल्ली बस्नेत (संगीत) कलाकारले अभिनय गरेका थिए ।

कार्यक्रममा वडा सदस्य हरि बहादुर वली, सामुदायिक प्रहरी वडा समितीका सहसंयोजक प्रहरी सहायक निरिक्षक कृष्ण बहादुर पुजारा, वडाका नायव सुब्बा गणेश आचार्य लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार