देउखुरी दाङ, राप्ती गाउँपालिकाले ७० औँ प्रजातन्त्र दिवस मनाएको छ । राणाशासनको अन्त्य भएर प्रजातन्त्रको उदय भएको दिनको अवसर पारेरे दिवस मनाइएको हो । दिवशको अवसरमा कर्मचारी द्धारा कार्यालय परिसर सरसफाई तथा विद्यार्थी राजनैतिक पार्टि संघ संस्था तथा जनप्रतिनिधिहरुले सान्दर्भिक नारा लगाउदै अन्तिरक्रिया गरिएको छ ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको कार्यक्रममा प्रजातन्त्र ल्याउन गरिएको दुःख र प्रजातन्त्रलाई संस्थागत गर्न भएका विभिन्न चरणका आन्दोलन र त्यपछि प्राप्त लोकतन्त्रको विषयमा विचार तथा अवस्था विश्लेषण गरिएको छ । देशमा प्रजातन्त्र ल्याउनको लागि नागरिकले गरेको योगदानको सरकारले सधै उच्च मुल्यङ्कन गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले बताए ।
प्रजातन्त्रको सन्दर्शमा राप्ती गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, प्रवक्ता विद्याशरण चौधरी, नेपाल कम्युनिष्ट पार्टि नेकपाका गोविन्द अधिकारी, नेपाली काग्रेशका दुर्योधन पाण्डे, राष्ट्रिय जनमोर्चाका केशव खनाल, उद्योग बाणिज्य संघका टोप बहादुर कार्की, खानेपानिका हस्त गुरुङ, होटल ब्यवसायी महेश बेल्वासे, शिक्षक मान बहादुर कुमाल, क्याम्पस प्रमुख विष्णु भुसाल, शिक्षा अधिकृत विश्वास विक लगायतकाले आफ्ना विचार प्रस्तुत राखेका थिए ।