घोराही, ७ फागुन । घोराही उपमहानगरपालिका वडा नम्बर १७ को कार्यालयले ३३ जना अभिभाबक बिहिन बालबालिकालाई शैक्षिक पोषाक प्रदान गरेको छ । चालु आर्थिक बर्षको कार्यक्रम तथा बजेट मार्फत वडा कार्यालयले ५ वटा विद्यालयका ३३ जना टुहुरा बालबालिकालाई विद्यालय पोशाक निशुल्क प्रदान गरेको हो ।
गोरक्ष मावि चौघेरा, प्रावि भैसाही, क्वाडी प्रावि, प्रावि कर्जाही र प्रावि हरीद्धारमा अध्ययनरत आमाबुवा नभएका बालबालिकालाई विद्यालय पोशाक वितरण गरिएको हो । विद्यालयमा नियमित उपस्थिती र पढाई प्रति मोह जगाउन टुहुरा बालबालिकालाई उक्त पोशाक बितरण गरिएको वडा अध्यक्ष खुशीराम चौधरीले जानकारी दिए ।