ड्रिमल्याण्ड फराकिलो अन्तरले पराजय

Author Logo..
२०७६ फाल्गुन ७ गते बुधवार


घोराही, ७ फागुन । घोराहीमा जारी प्रथम शहीद लखन थापा मगर कप रनिङ शिल्ड फुटबल प्रतियोगीता अन्तर्गत बुधवार भएको सातौँ खेलमा युएनबीसी बिजयी भएको छ । सातौं खेलमा युएनबीसीले ड्रिमल्याण्ड एफसीलाई ५—१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको पहिलो हाफको १३ औँ मिनेटमा प्रतीक रोका मगरले गरेको गोलले युएनबिसीले अग्रता बनाएको थियो । पहिलो हाफमा १—० गोलले अन्तर गरेको युएनबीसीले दोस्रो हाफमा थप ४ गोल गर्दै जित निकालेको हो ।

खेलको दोस्रो हाफको ५ मिनेटमा प्राप्त गरेको पेनाल्टीको सदुपयोग गर्दै जर्सी नम्बर १३ का सविन वलीले गोल संख्या २ पु¥याएका थिए । दोस्रो गोल भएको एक मिनेटपछि युएनबीसीका तर्फबाट जर्सी नम्बर ३२ का प्रबिण पुन मगरले एक गोल गर्दै ड्रिमल्याण्डसँगको अग्रता ३—० को स्थितिमा पु¥याएका थिए ।

ड्रिमल्याण्डमाथि गोल संख्या बढाउने क्रममा जर्सी नम्बर १४ का लेमनसागर डिसीले १७ मिनेटमा रिबाउन्ड बललाई गोलमा परिणत गर्दै ४ गोल बनाएका थिए । खेलको ७० औ मिनेटमा ड्रिमल्याण्डका तर्फबाट अमृत घर्ती मगरले दोस्रो हाफको ३० मिनेटमा सान्त्वना गोल गरेका थिए ।

यस्तै पाँचौँ गोल युएनबिसीका तर्फबाट जर्सी नम्बर १४ का लेमनसागर डिसीले ३७ मिनेटमा गोल गर्दै ५ गोल पु¥याएको खेल संयोजक प्रेम बुढा मगरले जानकारी दिए। भोलीको खेल बबई एफसी र मेगा क्लबबीच दिउँसो खेल हुने संयोजक बुढा मगरले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार