प्रजातन्त्र दिवसको अबसरमा दाङमा २० जनालाई कैद मिनाह

Author Logo..
२०७६ फाल्गुन ७ गते बुधवार


तुलसीपुर, ७० औ प्रजातन्त्र दिवसको अबसरमा दाङका २ कारागारबाट २० जना कैदीले मिनाह पाएका छन् । नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम राष्ट्रपतिले कैद मिनाहा गर्ने व्यवस्था छ ।

कारागारमा असल चालचलन देखाउने र ४० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीहरुलाई राष्ट्रपतीले कैद मिनाह गर्ने प्राबधान रहेको छ । कारागार तुलसीपुरबाट १० जना र कारागार घोराहीबाट १० जना गरी २० जना कैदीहरुले बाँकी कैद मिनाह पाएका हुन । तुलसीपुर कारागारबाट ५ जना कर्तव्य ज्यान, सवारी ज्यान, सरकारी छाप तथा दस्तखत किर्ते, डाँका चोरी र आगो लगाउने तथा ज्यान मार्ने उद्योगका एक एक जना पनि कारागारबाट छुटेको जेलर युवराज परियारले बताए ।

त्यस्तै घोराहीबाट ३ जना कर्तव्य ज्यान, ४ जना सवारी ज्यान, ज्यान मार्ने उद्योग, सरकारी लिखत किर्ते र काठ चोरीका एक÷ एक जना कैदीहरुको बाँकी कैद मिनाह भएको जेलर विष्णुप्रसाद पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार