लक्ष्मण बस्नेत, फागुन ६ दाङ । दङ्गिशरण गाउँपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ हुने भएको छ । दङ्गिशरण गाउँपालिका को आयोजना तथा बिरेन्द्र मा.वि हेकुली को संयोजनमा यहि फागुन १२ गते देखि रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो ।
तीन दिन सम्म संचालन हुने प्रतियोगितामा भलिबल,कबडी, छात्ररछात्रा,ऎथ्लेटिक्स ट्रयाक तर्फ १००,२००,४००,८००,१५००,३००० मिटर छात्र र छात्रा दौड,१०० गुणा ४०० र ४ गुणा ४०० छात्ररछात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प,लङजम्प,त्रीपलजम्प,ज्याभलिङ थ्रो र सटपुट छात्र र छात्रा बिच कडा प्रतिस्पर्धा हुने दङ्गिशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद समिती शाखा प्रमुख बिनोद अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा दङ्गिशरण गाउँपालिका क्षेत्र का सामुदायिक तथा निजि विद्यालयको सहभागिता रहनेछ भने विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ बर्ष उमेर सम्मका छात्र रछात्राले मात्र भाग लिन पाउनेछ्न् । यसैबिच प्रतियोगिता सयोजनको जिम्मा पाएको बिरेन्द्र मा.बी हेकुलीले रनिङ शिल्ड प्रतियोगिताको तयारी लाई तिब्र पारेको छ ।
प्रतियोगितालाई भब्य एवं सभ्य तवरले सम्पन्न गर्न गाउँपालिका अध्यक्ष भागी राम चौधरीको अध्यक्षतामा बसेको तयारी बैठकले ४ सदस्यीय प्राबिधिक टिम गठन गरेको छ । जसको सदस्यमा एथलेटिक्स प्रशिक्षक पद्मा चौधरी,भलिबल सहायक प्रशिक्षक भिम बहादुर डागी,कबडी सहायक प्रशिक्षक शिव बहादुर बिक र एथलेटिक्स का रास्ट्रीय रेफ्री तथा माबी हेकुलीका शिक्षक प्रदिप चन्द रहेका छन् । त्यस्तै बैठकले प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो स्थान हासिल गर्ने बिधालय लाई क्रमशः २०,१५, र १० हजार पुरस्कार राशी प्रदान गर्ने निर्णय समेत गरेको शाखा प्रमुख अधिकारीले बताए ।
प्रथम गाउँपालिका स्तरिय रनिङ शिल्ड प्रतियोगिता पुर्ण रुपमा सार्थक र परिणाममुखी बनाउन सफल भएको गाउँपालिका यति बेला दोस्रो रनिङ शिल्ड प्रतियोगितालाई अझ मर्यादित र भब्य बनाउन लागि परेको गाउँपालिका अध्यक्ष भागी राम चौधरीले बताए ।
हामीले रनिङ शिल्ड प्रतियोगितालाई खेलकुद महोत्सवका रुपमा लिएका छौ, यो बालबालिकाको सर्वाङ्गिन विकाससंग जोडिएको विषय हो । त्यसैले गाउँपालिकामा रहेका ४ वटा सामुदायिक विद्यालयलाई आन्तरिक तयारीका लागि सहयोग स्वरुप गाउँपालिकाले बिनियोजन गरेको १ लाख रुपैयाँ २५ हजारका दरले प्रदान गरेको अध्यक्ष चौधरीले बताए ।