दाङ, जेलवाट छुटे लगतै पूर्व सभामुख कृष्णबहादुर महराले धन्यवाद ज्ञापन गरेका छन् । सोमवार उनले जारी गरेको बक्तव्यमा अदालतदेखि कानुन व्यवसायी,राजनीतिक व्यक्तिहरु, परिवारका सदस्य र मित्रहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।
उनले बक्तव्यमा भनेका छन् ‘अन्ततः म माथि लगाइएको आरोप गलत सावित भएको छ । सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ । म सम्मानित अदालतप्रति बिशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु । यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरु र राजनीतिक व्यक्तित्वहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।’
उनले तथाकथित आरोप खेप्नुपर्दा आफु ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसेको उल्लेख गरेका छन् ।त्यो अवधिमा सद्भाव र सहानुभूति दिने आफ्ना समर्थक, शुभचिन्तक, स्वास्थ्यकर्मी र कर्मचारी,प्रहरी र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दीलाई समेत उनले धन्यवाद ज्ञापन गरेका छन् ।
महराले बक्तव्यको अन्त्येतिर एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो र उच्च प्राथमिकताको विषय सदैव रहिरहने उल्लेख गरेका छन् ।