अपाङ सशक्तिकरण केन्द्र दाङद्धारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

Author Logo..
२०७६ फाल्गुन ५ गते सोमवार

दाङ, रात्री प्राथमिक बिद्यालय सिम्ठाना दाङका अपाङगता तथा अन्य बालबालिकाहरुका लागि सोमबार शैक्षिक सामाग्री बितरण गरिएको छ । अपाङ सशक्तिकरण केन्द्र दाङको आयोजनामा २५ बढी बालबालिकाहरुलाई टिफीन बक्स,कपी,सिसाकलम लगायतका सामाग्री बितरण गरिएको हो ।

संस्थाका अध्यक्ष रजनी शाहको अध्यक्षता तथा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब एबम पत्रकार सुशील बस्नेतको प्रमुख आतिथ्य र बिद्यालयका जग्गादाता परिवारकी ८२ बर्षिया चन्द्राकुमारी शाहको बिशिष्ट आतिथ्यमा ती सामाग्री बितरण गरिएको हो । त्यसअवसरमा प्रमख अतिथी बस्नेतले गुणस्तरीय शिक्षामा सबैको पँहुच हुनुपर्ने बताए ।

नेपालको संबिधान २०७२ को मौलिक हकमा भएको ब्यबस्था अनुरुप गुणस्तरिय शिक्षा तथा स्वास्थ्य सेवा,स्वच्छ पिउने पानी लगायत बाल मैत्रि शिक्षण सिकाई हुनुपर्ने बताए। सो अवसरमा समाजसेवी गजेन्द्र हमालले अपाङ शसक्तिकरण केन्द्र मार्फत समाजीक न्यायको क्षेत्रमा क्रियासील रहेको जानकारी दिए

। उनले शैक्षिक सामाग्री अपाङगता भएका र बिपन्न समूदायका बालबालिकालाई बितरण गर्दै आएको बताए । आगामी दिनमा पश्चिम दाङमा महापुराण सञ्चालन गर्ने र त्यसबाट संकलन गरिएको रकमले अपाङमैत्री भवन निर्माण गरिने बताए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार