घोराही, ५ फागुन । दाङको घोराहीमा जारी प्रथम लखन थापा मगर रनिङ शिल्ड फुटबल प्रतियोगीता अन्तर्गत राप्ती क्लब चौघेरा क्लब हाबी भएको छ । राप्ती क्लबले चौघेरामाथि हाबी हुदै ५—० गोल अन्तरले बिजयी भएको हो । राप्ती क्लबका तर्फबाट जर्सी नम्बर ९ का अमित चौधरीले पहिलो हाफको ५ मिनेटमा गोल गर्दै अग्रता बनाएका थिए । यस्तै पहिलो हाफको ६ मिनेटमा जर्सी नम्बर १९ का फागु थारुले एक गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
त्यस्तै पहिलो हाफको २९ मिनेटमा फागुले ब्यक्तिगत दोस्रो गरेका थिए । यस्तै राप्ती क्लबले दोस्रो हाफको पहिलो मिनेटमै जर्सी नम्बर ७ का सुबास बुढाले गोल गर्दै गोल संख्या ४ बनाएका थिए भने दोस्रो हाफको ३२ औँ मिनेटमा गोल गर्दै फागु थारुले ह्याट्रिक पूरा गरेका थिए ।
नेपाल मगर संघ दाङको आयोजनामा घोराहीको नवलपुर खेल मैदानमा जारी प्रतियोगीता फागुन १५ गते फाइनल हुने आयोजकले जनाएका छन् । भोलीको खेल घोराही स्पोर्टस् क्लब र नवलपुर युबा क्लबबीच प्रतिष्पर्धा हुने खेल संयोजक प्रेम बुढाले जानकारी दिए ।