बलात्कार सम्बन्धी मुद्दामा महरालाई सफाइ

Author Logo..
२०७६ फाल्गुन ५ गते सोमवार


काठमाडौं, ५ फागुन । जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारसम्बन्धी मुद्दामा सफाइ दिएको छ । सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो ।
न्यायाधीश अम्बरराज पौडेलको इजलासमा आइतबार मुद्दाको अन्तिम बहस सकिएकोमा आज फैसला सुनाइको हो ।आइतबार बहस सकिएपनि समय अभावका कारण फैसला सुनाउने काम आजका लागि सारिएको थियो ।

महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्यलगायका अधिवक्तहरुले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलहरूले जवाफ दिएका थिए ।

संघीय संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

त्यसैगरी डिल्ली बजार कारागाबारट रिहा हुनुअघि उनलाई पूर्व आइजीपी रमेशचन्द ठकुरी र सशस्त्रका पूर्व डिआइजी रञ्जन कोइरालाले खादा र माला लगाएर बिदाइ गरेका छन्।  उनलाई प्रहरीले कडा सुरक्षाबीच जेलबाट निकालेर निवासतर्फ लगेको हो। उनी ढाका टोपी र कोटमा सजिएर जेलबाट निस्किएका हुन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार