आइतबार नै फैसला हुने भनिएपनि हेर्दाहेर्दैमा राखिएको मुद्दाको सोमबार किनारा लगाउदै महराको पक्षमा फैसला भएको हो। जिल्ला अदालत काठमाडौंमा आइतवार नै दुवै पक्षको बहस सकिएको थियो।
तर फैसलाका लागि समय अपुग भएको भन्दै महरा विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। गत असोज १२ गते संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेपछि पुर्व सभामुख महराले १४ गते पदबाट राजिनामा दिएका थिए । सोहि आरोपमा आसोज १९ गते पक्राउ परेका महरा पुर्पक्षका लागि डिल्ली बजार कारागार थुनामा थिए । उनी पक्राउ परेको झन्डै चार महिना पछि कारागार मुक्त भएका छन् ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस