संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्र दाङमा बिद्यावारिधि कक्षा संचालन

Author Logo..
२०७६ फाल्गुन ५ गते सोमवार

तुलसीपुर,  नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्र दाङले बिद्यावारिधि (पि.एच.डी)कक्षा दाङको बेल्झुण्डीमा संचालन गरेको छ । दाङको केन्द्रिय विश्वविद्यालयमा पढाई सुरु हुदाँ विद्यार्थीहरु हर्षित छन । विश्वविद्यालयमा विगतदेखि नै विद्यावारिधीको कक्षा सञ्चालन हुने गरेको भएपनि केन्द्रिय विश्वविद्यालयमै अध्ययापन हुने गरेको थिएन ।

काठमाण्डौबाट दाङमा विद्यावारीधि गर्न आउनु भएका विद्यार्थी उदयराज अधिकारीले आफु निकै खुशी भएको बताए । त्यस्तै काठमाण्डौकी आकृती रायमाझीलाई शान्त वातावरणमा अध्ययन गर्न अबसर पाएको र आफुलाई चाहिने सम्पुर्ण सामानहरुको ब्यबस्था भएको हुदा निकै खुशी भएको बताईन् ।

उक्त बिश्वबिद्यालयमा बजेट नहुदाँ पनि विद्यार्थीहरुको लागि खाना तथा बस्नको ब्यबस्था सहित कक्षा संचालन गरेको पनि उनले बताईन् ।
दाङमा यस अघि विद्यावारिधी(पि.एच.डी) कक्षा २०४३ सालबाट शुरु भएको थियो तर काठमाण्डौमा पहिलो पटक भएको र अहिले सम्म प्रभाबकारी हुन नसकेको प्राध्यापक नारायण चालिसेले बताए । पहिलेका सबै कक्षा काठमाण्डौमा हुने गरेकोमा अहिले केन्द्रिय विश्वबिद्यालयमा बिद्यावारीधि अध्ययापन गराउने गरेको उनले बताए।

यो पढाई यहाँ पहिलो भएको कारणले केहि त्रुटिहरु भएका होलान तर आउदो दिनमा सच्चाउने प्रतिबद्धता प्राध्यापक चालिसेले बताए ।
प्रध्यापक तथा कार्यकारी निर्देशक काशिनाथ न्यौपालेका अनुसार बिद्यावारिधि (पि.एच.डी) को अध्ययन गर्न प्रदेश १ को मेची देखि सुदुरपश्चिमका जिल्लाबाट आउने गरेका छन् ।

बर्षमा २ वटा कक्षा संचालन हुने समेस्टरमा अहिले ७१ जना विद्यार्थीहरुले अध्ययन गरीरहेको निर्देशक न्यौपानेले बताए । अहिले करीव आधा दर्जन विषयमा विद्यावारिधीको अध्यापन सुरु भएको छ । विश्वविद्यालयमा अहिले गणित,राजनीति शास्त्र,अग्रेजी, नेपाली, अर्थशास्त्र, संस्कृतका विभिन्न विषय र योग चिकित्सामा विद्यावारिधीको अध्ययन गराईरहेको छ ।

https://www.youtube.com/watch?v=-cWI2dhxD-U

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार