प्रेम तिवारी , फागुन ३ तुलसीपुर । पूर्व पर्यटन तथा संस्कृती मन्त्री लोकेन्द्र विष्ट मगरले नेपालमा उच्च गरिबी भएकोले कृषि क्रान्तीबाट नेपाल सम्बृद्धी हुने समेत बताए । शनिवार कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा लालिम केन्द्र खजुरा बाँकेको आर्थिक सहयोग एवं प्राकृतिक मह उत्पादन तथा मौरीपालन तुलसीपुर उपमहानगरपालिका १० दाङको प्राविधिक सहयोगमा संचालीत ६ दिने मौरीपाल तालिमको उद्घाटन गर्दै उनले कृषकहरु आफै मजदुर ,आफै मालिक भए मात्र देशको विकास हुने बताए ।
पूर्व मन्त्री विष्ट मगरले नेपालमा वैदेशीक रोजगारीको लहलहैले गर्दा कृषिमा खासै चासो नदेखिएको बताए । बैदेशिक रोजगारीले गर्दा ठाँउ ठाँउका जग्गा बाजो रहेको समेत बताए । उनले कृषिमा लगानी लगाएर कुनै खेरा नजाने र थोरै लगानीमा धेरै आम्दानी गर्ने पाटोको रुमा लिईन सकिने समेत बताए । विष्ट मगरले तुलसीपुर १८ विजौरीमाड्रागन फ्रुटको खेती गर्दै आएका छन् ।
प्रदेश ५ का १२ जिल्लाबाट २÷२ जनाको सहभागीतामा संचालित तालिममा मागमा आधारित क्षमता अभिवृद्धि तथा सिप विकास तालिम र बैदेशिक रोजगारीलाई निर्मुल पार्ने उदेश्यले आयोजना गरेको मौरीपालन तालिममा ३० प्रतिशत महिला, शौक्षिक योग्यताको मापदण्ड, मौरीपालक व्यवसायी लगाएको सहभागितमा तालिम संचालन गरीएको तालिम केन्द्र खजुरा,बाँकेका विरिष्ठ कृषि अधिकृत अमरराज शर्मा घिमिरेले बताए ।
६० प्रतिशत जनसंख्या कृषिमा आधारीत भएता पनी सवैले अनुदानको भर पर्ने भएकोलले नेपाल सरकारले अनुदानको दायरा बढाउनु पर्ने उनले बताए । दाङ र तराईका जिल्ला मौरीपानका लागि उपयुक्त भएकोले तालिमको आयोजा दाङमा संचालन भएको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५का बुटललका वरिष्ठ कृषिअधिकृत अनुप तिवारीले बताए ।