शिक्षा निति एउटै हुनु पर्छ : वडाध्यक्ष ढकाल

Author Logo..
२०७६ फाल्गुन ३ गते शनिवार


तुलसीपुर, दाङको तुलसीपुरमा रहेको सप्तरंगी ईङलिश मिडियम स्कुल (सक्सेस एकाडेमी) ले आफ्नो १३ औँ बार्षिकोत्सव भब्य कार्यक्रमका विच शनिवार मनाएको छ । विद्यालय संचालक समितीका अध्यक्ष ललितजंग शाहको अध्यक्षता एवं तुलसीपुर वडा नम्बर ९ का वडाध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यता तथा ५ नम्बर वडाका वडाध्यक्ष विरेन्द्र शाह, नेपाल यातायात महासंघका केन्दिय सल्लाकार एवं त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालीका अध्यक्ष सुरेश हमालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी ढकालले शिक्षा निति एउटै हुनु पर्ने बताए ।

उनले राज्य अहिले पनि सामुदायिक र निजी विद्यालयहरुलाई विभेद् गरेको भन्दै आफु स्थानिय सरकारको जनप्रतिनिधी भएता पनि विभेद् अन्त्य गर्नको लागी केही गर्न नसक्ने बताए । राज्यको भार निजि विद्यालयले बोकेका छन्,‘ उनले भने, तर राज्यले निजि विद्यालयलाई विभेद् गरेको छ । त्यसैगरी उनले शिक्षा ऐन काकारण आफुहरुले केही गर्न नसकेको समेत बताए ।

उनले बालबालिकालाई उनीहरुको रुचीअनुसारको शिक्षा प्रदान गर्नु पर्ने समेत बताए । शिक्षा दिदाँ उनीहरुलाई ब्यवहारिक लगाएत अन्य क्रियाकलापहरु पनि सिकाउनु पर्ने उनले बताए ।
त्यसैगरी उनले विद्याललाई वडाबाट २ वटा फुटबल र २ वटा भबलिब र नेट सहयोग गर्ने बताए । कार्यक्रममा विशिष्ट अतिथी हमालले छोट्टै समयमा विद्यालय धेरै प्रगिती गरेको खुशी ब्यक्त गरे । त्यसैगरी उनले समाजिक उत्तर दायित्व बोकेको ब्यक्तिहरुले विद्यालय संचालन गरेको भन्दै विद्यालयले यस वडा नम्बर ९ भित्रका निम्न स्थरका केही विद्यार्थीहरुलाई निशुल्क पढाउन ब्यवस्था गर्न आग्रह गरे ।

त्यसैगरी उनले विद्यालयको भौतिक संरचनामा ध्यान दिन समेत आग्रह गरे । त्यसैगरी कार्यक्रममा बोल्दै संचाकल समितीका सदस्य मोहन भण्डारी विद्यालय र संचालक समितीले मात्र चाहेर विद्यार्थीहरुलाई गुणस्तरि शिक्षा दिन नसक्ने भएकाले अभिभावहरुले पनि ध्यान दिनु पर्ने बताए । उनले शिक्षालाई गुणस्तरिय मात्र नभई अन्य क्रियाकलापहरु पनि विद्यालयले प्रदान गर्दै आएको बताए । त्यसैगरी उनले विद्यालयको संरचनाहरु अझ आधुनिक बनाउने सोचमा आफुहरु रहेको भन्दै अब विद्यालयमा अत्याधुनिक ल्याईबेरी, कम्प्युटर ल्याबहरु संचाल हुने समेत बताए ।

कार्र्यक्रममा प्याब्यसन दाङका बरिष्ठ उपाध्यक्ष मधुशुदन केसी, ऐन प्याब्सन दाङका अध्यक्ष विमल गौतम, तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुप बहादुर खत्री लगाएतकाले मन्तब्य राखेका थिए । त्यसैगरी विद्यालयका प्रिन्सीपल छवि कुमार वलीले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए, भने विद्यालयले विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको थियो । विद्यालयका भाइस प्रिन्सीपल प्रदिप वलीको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक गोपाल गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार