सल्यान , सल्यानमा एक युवतीको मृत फेला परेकी छन्। जिल्लाको त्रिवेणी गाउँपालिका-१ काभ्रा निवासी १७ वर्षीया कविता बोहराको घाँटी काटिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
शनिबार बिहान १/२ बजेतिर घटना भएको हुन सक्ने र ३ बजेमात्रै प्रहरीलाई खबर आएको प्रहरी प्रमृख ढकेन्द्र खतिवडाले जानकारी दिए। उनले भने ‘घरदेखी करिब १५/२० मिटर टाढा गाईबस्तु बाध्ने भकारोमा मृत अवस्था बोहरा फेला परेको छ। हत्याको आशंका छ।’
अनुसन्धानको लागि नेपालगञ्जबाट कुकुरसहितको टोली आउँदै गरेको खतिवडाको भनाइ छ। घटनाको विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस