घोराही, घोराही उपमहानगरपालिकाले चट्याङ लागेर मृत्युभएका घोराही ११ बाँसगजेरीका एक बालकका परिवारलाई आर्थिक साहेता प्रदान गरेको छ । गएको माघ २५ गते तरुल खन्ने क्रममा चट्याङ लागेर मृत्युभएका ५ बर्षिय तारा बासुदेव पुरीको परिवारलाई उपमहानगरले नगद २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
सातौँ दिनको शुद्धशान्तिका दिनमा शुक्रबार नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने, बिपत व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी, वडा नम्बर ११ का अध्यक्ष कुलबहादुर लामिछाने, वाताबरण तथा बिपत व्यबस्थापन शाखा प्रमुख उमेश शर्माले दिवंगत बालकका आमा विमला पुरीलाई राहत स्वरुप २५ हजार रुपैयाँ सहयोग गरे ।
रकम हस्तान्तरण गर्दै नगर प्रमुख चौधरी र उपप्रमुख न्यौपानेले बालकको निधन प्रति दुःख व्यक्त गर्दै धैर्यधारण गर्न आग्रह गरे । यसैविच नेपाल रेडक्रस सोसाईटी घोराही उपशाखाका सदस्य कृष्णप्रसाद अधिकारीले पिडित परिवारलाई लत्ताकपडा र भाडाबर्तन सहयोग गरे ।
माघ २५ गते तुलसीपुर उपमहानगरपालिका ७ नवलपुर निवासी ७ बर्षीया सृष्टी चौधरी र सोही ठाउँ निवासी ४५ बर्षीया लक्ष्मी आचार्यको समेत चट्याङ लागेर निधन भएको थियो ।