शनिवार नायिका रेखा थापादेखी चर्चित कलाकार आउदै
झग्गु भण्डारी , हापुरे । गत माघ २८ गतेदेखी पश्चिम दाङको हापुरेमा जारी महोत्सवको दिनदिन दर्शकको आकर्षण बढ्दै गएको छ । ‘कला र संस्कृतिलाई संरक्षण गरौ, भ्रमण बर्ष २०२० लाई सफल पारौं घुम्न जाऔं हापुरे’ भन्ने मुल नाराका संचालन भएको महोत्सवमा चर्चित राष्ट्रिय तथा स्थानिय कलाकारहरुले पस्तुती राख्दै आएको आयोजकले जनाएको छ ।
बबई समृद्धि युवा क्लवको आयोजना र बबई मगर एकता युवा क्लव हापुरेको मुल आयोजनामा सञ्चालन भएको महोत्सवमा सांस्कृति कार्यक्रम मात्र नभई बाल उद्यान, विभिन्न किसीमका १२० वटा स्टलहरु समेतच रहेको छ । महोत्सवको चौथो दिन शुक्रबार चर्चित लोकदोहोरी गायक शक्ति चन्द, हाँस्य कलाकार भटभटे माईला र स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो ।
त्यसैगरी महोत्सवको पाचौँ दिन शनिवार चर्चित नायिका रेखा थापा, लोकदोहोरी गायिका लक्ष्मी कार्की, डान्सर आषिका रजौरे,मोडेल सध्या मगर, गायक राजबाबु शाहि लगाएतका कलाकारको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सव यहि फाग्ुन १० गते सम्म संचालन हुने छ ।